क्षेत्रपाटीका दुई औषधि पसल सिलबन्दी - Naya Online

क्षेत्रपाटीका दुई औषधि पसल सिलबन्दी

क्षेत्रपाटीस्थित अधिकांश औषधि पसल नवीकरण नगरिएको, आवश्यक सरसफाइमा नगरिएको र म्याद गुज्रेका औषधि बिक्री–वितरण गरेको पाइएको छ ।

काठमाडौँ, २६ असार । स्थलगत अनुगमनका क्रममा असहयोग गरेको भन्दै सरकारी अनुगमन टोलीले क्षेत्रपाटीका दुई औषधि पसल आज सिलबन्दी गरेको छ ।

व्यवस्थापिका–संसद्, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा सहयोग गर्नाको साटो उल्टै पसल नै बन्द गरेर हिँडेपछि विभागले बजगाईं मेडिसिन सप्लायर्स र इखापुखु मेडिसिन डिस्टिब्युटरलाई २४ घन्टाभित्र स्पष्टीकरण सहित विभागमा उपस्थित हुन निर्देशन दिएकोे विभागका अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

विभागले सो अवधिमा चित्तबुझ्दो कारण सहित स्पष्टीकरण नदिए कानुनअनुसार कारबाही गरिने व्यहोराका पत्रसहित सूचना टाँस गरेको अधिकारीले जानकारी दिनुभयो । क्षेत्रपाटीस्थित अधिकांश औषधि पसल नवीकरण नगरिएको, आवश्यक सरसफाइमा नगरिएको र म्याद गुज्रेका औषधि बिक्री–वितरण गरेको पाइएको छ । उक्त क्षेत्रमा अनुगमनका क्रममा केहीबेर हल्लाखल्ला हुँदा व्यापारीले व्यवस्थित र भद्र अनुगमन गर्नुपर्ने माग समेत गरेका थिए ।

नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले मर्यादित र भद्र तवरले अनुगमन गर्नुपर्ने र व्यापारीलाई आतङ्कित गर्न नहुने माग गरिएको बताउनुभयो । आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, औषधि व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र उपभोक्ता अधिकारीकर्मीको संयुक्त टोलीले केही दिन पहिलेदेखि राजधानीका विभिन्न क्षेत्रमा स्थलगत अनुगमन गरिरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...