प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको तयारी पूरा - Naya Online

प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको तयारी पूरा

काठमाडौँ, २६ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको तयारी पूरा भएको जनाएको छ ।

भोलि सोमबारदेखि सुरु हुने खेलकुदको तयारी पूरा भएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख एवम् प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका सचिव प्रकाशचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

पाँच खेल समावेश प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष÷महिला ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने छ । भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, बास्केटबल राखेपको ओलम्पियन सेमी कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा टेबलटेनिस लैनचौस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

तीनदिने प्रतियोगितामा विभिन्न आठ विश्वविद्यालयका २०७ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेप सदस्य गङ्गाबहादुर थापाको संयोजकत्वमा १६ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब रु ३५ लाख खर्च हुने अनुमान राखेपले गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...