'अहिले सम्झदा आङ्ग जिरिङ्ग हुन्छ' - Naya Online

‘अहिले सम्झदा आङ्ग जिरिङ्ग हुन्छ’

13644303_505209226348171_1587378976_nराजु क्षत्री अपुरो


सन१९९७ तिर म महाराष्ट्रको नान्देड भन्ने सहरमा थिएँ । त्यो ठाउँ एउटा ब्यापारिक केन्द्रको साथै गुरुद्वाराको लागि चर्चित ठाउँ रहेछ । दिल्लिको एउटा कम्पनीले जुसर, मिक्स्चर, ग्राइन्डर मेसिन बजारमा लगाउन पठाएको थियो हाम्रो ग्रुपलाई । छत्तिसगढको रायपुरको सफलतापछि मालिकले मलाइ ग्रुप लिडर बनाएर त्यहाँ पठाएको थियो । दुई दिन हामिले बजार सर्बे गर्यौ । हामीले अहमदाबादमा सोचे जस्तो अर्डर नपाएका कारण त्यो सहर रोजेर पुगेका थियौँ । औरङ्गाबादमा सिङ्गर कम्पनीले बजार भरी आफ्नो कब्जा जमाइ सकेको रहेछ ।
सर्बेपछि हामीले राम्रो अर्डर प्राप्त गरेपछी रेल द्वारा मेसिनहरू मगाएर बजारमा सप्लाइ गर्यौ । अबको काम भने मेसिन दिएर दैनिक किस्ता असुल्नु थियो । तसर्थ अरु दुइ जनालाइ अर्को सहर पठाइयो । म र एक जना त्यही बस्यौँ ।
हाम्रो असुलि गर्ने काम साँझ चार बजेपछी मात्र हुन्थ्यो । छिटो जाँदा ग्राहकहरू धन्दा भएकै छैन पछि आउ भन्थे । त्यही भएर हामिले बेलुकापख नै साइकल लिएर बजार घुमेर दैनिक रूपमा पैसा लिएर आउथ्यौ अनि हप्ता हप्तामा मालिकलाई ड्राफ्ट पठाउथ्यौं ।
बजारमा केही खराब ग्राहकहरू पनि थिए । आज भोलि भन्दा भन्दै लट्काएर किस्ता सकिने बेला सम्म पनि आधा पनि नदिने ग्राहकको कारण हाम्रो टाउको दुखेको बिषय बनेको थियो । त्यहा छुट्टै ग्यारेज लाइन थियो । त्यहा हाम्रा झण्डै सय जति ग्राहकहरू थिए एक जना उत्तर प्रदेशबाट ब्यबसाय गर्न आएका मिस्त्रीको आफ्नै ग्यारेज रहेछ । उनी सङ्ग त एकछिन मुक्कामुक्की नै चल्यो । उनका मिस्त्रीले हामिलाइ छुटाएर कुनै ठूलो घटना हुन बाट बचाए पनि ।

त्यही अलि पर एउटा मुसलमान मोटे पनि हाम्रो ग्राहक थियो । हाम्रो टीमको अर्को ग्रुपले मालिक सम्झेर मेसिन दिएको त त्यो टायर को गोदाम बाट टायर झिकेर दिने हेल्पर पो रहेछ । मुख्य अफिस बाट फोनको भरमा टायर झिकेर दिने काम गर्दो रहेछ ।

‘जे गर्ने हो गर दिन्न ल’ भनेपछी मैले पनि गोर्खे रिस पोखेको थिएँ । पछि उसको घर पत्ता लगाएर उसकि श्रीमतीलाई सवै बेलिबिस्तार बताएँ । केही दुखेसो पोखेँ ।केही धम्कीको भाषा प्रयोग पनि गरेँ । “देखो भैया हमारा आदमि अच्छा नहि है । आप रोज आया करो मै पैसा दिया करुङ्गी” भनेपछी उनले बाकी रहेको पैसा किस्ता किस्तामा चुक्ता गरिन ।
त्यही अलि पर एउटा मुसलमान मोटे पनि हाम्रो ग्राहक थियो । हाम्रो टीमको अर्को ग्रुपले मालिक सम्झेर मेसिन दिएको त त्यो टायर को गोदाम बाट टायर झिकेर दिने हेल्पर पो रहेछ । मुख्य अफिस बाट फोनको भरमा टायर झिकेर दिने काम गर्दो रहेछ । तलब जम्मा हजार भारु मात्र यानी हाम्रो भन्दा आधा ।
मेसिन फिर्ता गर भन्दा पनि मान्दैन पैसा पनि दिदैन । त्यहापनि त्यो बेलाको युवा जोस र गोर्खे रिस प्रयोग गरेपछी बल्ल तल्ल मेसिनको बास्ताबिक मुल्य चुकाउन बाध्य बनाएँ ।
पापी पेटको लागि मान्छेले त्यो रुपपनि धारण गर्नु पर्दो रहेछ । त्यो बेला देखाएको रिस र जोस सम्झदा अचेल आफैलाइ आङ्ग जिरिङ्ग भएर आउँछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

युपारुङ

जानु काम्बाङ लिम्बु पथाङको फेरोमा युपारुङ बाँधेर जीवन साट्नभन्दा पहिले म धर्ती र तिमी...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

संस्मरण: मध्य असारको त्यो ‘वृहत हतुवागढी साहित्य उत्सव……’

प्रकाश दिप्साली राई कुनैबेला हतुवागढीमा बाक्लो साहित्यिक ठुलै उत्सव महोत्सवहरू हुने गथ्र्यो । देशकै...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...