राजु क्षत्री अपुरो
सन१९९७ तिर म महाराष्ट्रको नान्देड भन्ने सहरमा थिएँ । त्यो ठाउँ एउटा ब्यापारिक केन्द्रको साथै गुरुद्वाराको लागि चर्चित ठाउँ रहेछ । दिल्लिको एउटा कम्पनीले जुसर, मिक्स्चर, ग्राइन्डर मेसिन बजारमा लगाउन पठाएको थियो हाम्रो ग्रुपलाई । छत्तिसगढको रायपुरको सफलतापछि मालिकले मलाइ ग्रुप लिडर बनाएर त्यहाँ पठाएको थियो । दुई दिन हामिले बजार सर्बे गर्यौ । हामीले अहमदाबादमा सोचे जस्तो अर्डर नपाएका कारण त्यो सहर रोजेर पुगेका थियौँ । औरङ्गाबादमा सिङ्गर कम्पनीले बजार भरी आफ्नो कब्जा जमाइ सकेको रहेछ ।
सर्बेपछि हामीले राम्रो अर्डर प्राप्त गरेपछी रेल द्वारा मेसिनहरू मगाएर बजारमा सप्लाइ गर्यौ । अबको काम भने मेसिन दिएर दैनिक किस्ता असुल्नु थियो । तसर्थ अरु दुइ जनालाइ अर्को सहर पठाइयो । म र एक जना त्यही बस्यौँ ।
हाम्रो असुलि गर्ने काम साँझ चार बजेपछी मात्र हुन्थ्यो । छिटो जाँदा ग्राहकहरू धन्दा भएकै छैन पछि आउ भन्थे । त्यही भएर हामिले बेलुकापख नै साइकल लिएर बजार घुमेर दैनिक रूपमा पैसा लिएर आउथ्यौ अनि हप्ता हप्तामा मालिकलाई ड्राफ्ट पठाउथ्यौं ।
बजारमा केही खराब ग्राहकहरू पनि थिए । आज भोलि भन्दा भन्दै लट्काएर किस्ता सकिने बेला सम्म पनि आधा पनि नदिने ग्राहकको कारण हाम्रो टाउको दुखेको बिषय बनेको थियो । त्यहा छुट्टै ग्यारेज लाइन थियो । त्यहा हाम्रा झण्डै सय जति ग्राहकहरू थिए एक जना उत्तर प्रदेशबाट ब्यबसाय गर्न आएका मिस्त्रीको आफ्नै ग्यारेज रहेछ । उनी सङ्ग त एकछिन मुक्कामुक्की नै चल्यो । उनका मिस्त्रीले हामिलाइ छुटाएर कुनै ठूलो घटना हुन बाट बचाए पनि ।
त्यही अलि पर एउटा मुसलमान मोटे पनि हाम्रो ग्राहक थियो । हाम्रो टीमको अर्को ग्रुपले मालिक सम्झेर मेसिन दिएको त त्यो टायर को गोदाम बाट टायर झिकेर दिने हेल्पर पो रहेछ । मुख्य अफिस बाट फोनको भरमा टायर झिकेर दिने काम गर्दो रहेछ ।
‘जे गर्ने हो गर दिन्न ल’ भनेपछी मैले पनि गोर्खे रिस पोखेको थिएँ । पछि उसको घर पत्ता लगाएर उसकि श्रीमतीलाई सवै बेलिबिस्तार बताएँ । केही दुखेसो पोखेँ ।केही धम्कीको भाषा प्रयोग पनि गरेँ । “देखो भैया हमारा आदमि अच्छा नहि है । आप रोज आया करो मै पैसा दिया करुङ्गी” भनेपछी उनले बाकी रहेको पैसा किस्ता किस्तामा चुक्ता गरिन ।
त्यही अलि पर एउटा मुसलमान मोटे पनि हाम्रो ग्राहक थियो । हाम्रो टीमको अर्को ग्रुपले मालिक सम्झेर मेसिन दिएको त त्यो टायर को गोदाम बाट टायर झिकेर दिने हेल्पर पो रहेछ । मुख्य अफिस बाट फोनको भरमा टायर झिकेर दिने काम गर्दो रहेछ । तलब जम्मा हजार भारु मात्र यानी हाम्रो भन्दा आधा ।
मेसिन फिर्ता गर भन्दा पनि मान्दैन पैसा पनि दिदैन । त्यहापनि त्यो बेलाको युवा जोस र गोर्खे रिस प्रयोग गरेपछी बल्ल तल्ल मेसिनको बास्ताबिक मुल्य चुकाउन बाध्य बनाएँ ।
पापी पेटको लागि मान्छेले त्यो रुपपनि धारण गर्नु पर्दो रहेछ । त्यो बेला देखाएको रिस र जोस सम्झदा अचेल आफैलाइ आङ्ग जिरिङ्ग भएर आउँछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।