काबुलमा मारिएका नेपालीको सम्झनामा गीत - Naya Online

काबुलमा मारिएका नेपालीको सम्झनामा गीत

काठमाडौँ, २२ असार । यही असार ६ गते अफगानिस्तानको काबुलमा एक आक्रमणमा परी ज्यान गुमाएका १३ नेपालीप्रति समर्पित गरेर गाइएको गीत बाहिर आएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा सो घटनाको सिकार भएका स्व वीरबहादुर क्षेत्रीकी श्रीमती गङ्गा, स्व चन्द्रबहादुर रानामगरका छोरा अशोक, सङ्गीतकार बिबी अनुरागी, गायिका बिमाकुमारी दुरालगायतले उक्त गीतको सिडीे लोकार्पण गर्नुभयो । ‘सुन्नुस् हजुर काबुलमा नेपालीका कथा’ बोलको गीतले ‘ज्यान जाने जोखिमसम्म भएका देशविदेश जानुभन्दा स्वदेशमै खेतबारी खन्दै एक छाक आनन्दले खानु उत्तम हो’ भन्ने सन्देश दिन्छ ।

सिङ्गो एउटै यस गीतमा काबुल घटनामा ज्यान गुमाएका हरेक नेपालीको कथा समेटिएको छ जसको शब्द लेख्ने काम हाल प्रवास (साउदी अरेबिया)मा रहेका वीरबहादुर खत्री र जीवनकुमार आचार्यले गरेका हुन् । सम्मान म्युजिक प्रालिले बजारमा ल्याएको गीतमा शेरबहादुर आचार्य र कृष्णा परियारले स्वर दिनुभएको हो भने सुकराम विकले सङ्गीत भर्नुभएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय आप्रवासी एलाइन्सका संस्थापक तथा नेपाल अध्यक्ष रमेश तुफानले खतरा मोलेर जोखिमयुक्त देशमा गैरकानुनी रुपमा जाँदा यस्ता घटना फेरि पनि दोहोरिनेतर्फ सचेत गराउँदै स्वदेशमै रोजगारी सिर्जना गर्न राज्यलाई सबैले दबाब दिन आवश्यक रहेको बताउनुभयो ।

आयोजक सम्मान म्युजिकका निर्देशक प्रकाश क्षेत्रीले गीत बिक्रीबाट उठेको सम्पूर्ण रकम पीडित परिवारको सहयोगमा खर्च गरिने बताउँदै चाँडै म्युजिक भिडियो निर्माण गरिने जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...