संविधान कार्यान्वयनका लागि ऐन निर्माण गर्न बाँकी - Naya Online

संविधान कार्यान्वयनका लागि ऐन निर्माण गर्न बाँकी

काठमाडौँ, २२ असार । वर्तमान संविधान कार्यान्वयनका लागि अझै थुप्रै ऐन निर्माण गर्न बाँकी छ भने विद्यमान थुप्रै ऐन संशोधनका क्रममा छन् ।

constitution-of-nepalसङ्घ, प्रदेश र स्थानीय तहका गरी १३८ वटा ऐन निर्माण गर्नुपर्ने भएको छ । जसमा ११० सङ्घीय २२ प्रदेश र छ वटा स्थानीय तहका कानुन निर्माण गर्नुपर्ने र विद्यमान १९३ ऐनलाई संशोधन गर्नुपर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिवेदनमा छ ।

संशोधन गर्नुपर्ने ऐनमध्ये केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले ऐनको रुप धारण गरिसकेको छ भने माध्यमिक शिक्षा अनिवार्य तथा निःशुल्क बनाउने शिक्षा (आठौँ संशोधन) ऐन प्रमाणीकरण गर्न बाँकी छ ।

त्यस्तै न्याय प्रशासनसँग सम्बन्धित चारवटा विधेयक पनि व्यवस्थापिका संसद्मा पेस भइसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले बताउनुहुन्छ ।

उहाँका अनुसार संविधानको मौलिक हकमा उल्लेखित हक कार्यान्वयन, अनुदान, सङ्घीय सञ्चित कोषबाट प्रदान गरिने उपदान, विभिन्न आयोग गठन, राष्ट्रिय सुरक्षा परिषद्सँग सम्बन्धित १५ वटा विधेयकको मस्यौदा प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालयलाई सहमति दिइसकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीश, सङ्घीय न्यायसेवा आयोगका कर्मचारी, सरकारी वकिल तथा महान्यायाधिवक्ताको मातहतमा रहने अन्य कर्मचारीको पारिश्रमिक, सुविधा तथा सेवाको सर्तसम्बन्धी छुट्टाछुट्टै विधेयकको मस्यौदा तयार हुँदैछ ।

त्यसैगरी महान्यायाधिवक्ताको काम कर्तव्य र अधिकारसँग सम्बन्धित विधेयक, महाअभियोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र अपराध पीडितको हकसम्बन्धी विधेयकका सम्बन्धमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भइसकेकाले मस्यौदाको तयारी भइरेहको मन्त्रालयले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...