बाढीले दुई गाविसमा क्षति - Naya Online

बाढीले दुई गाविसमा क्षति

हुम्ला, २२ असार । सदरमुकामदेखि दक्षिणी भेगमा पर्ने कालिका र मैला गाविसमा एक्कासि परेको अविरल वर्षापछि आएको बाढीले यहाँको चौपाया एवम् घरजग्गामा क्षति पु¥याएको छ ।

कालिका गाविसको लमही काँखे लौठी गाउँमा असार १२ गतेदेखि निरन्तर वर्षा भएपछि वडा नं ७ देखि ८ सम्म ३५ घरपरिवार प्रभावित भएको हो ।

उक्त गाविसका किसानको धान कोदो, चिनु मकै सबै बगाएको छ भने यहाँको ५० रोपनी बराबर जग्गामा पनि क्षति पु¥याएको छ । वर्षाले सिँचाइ तथा खानेपानीका ट्याङ्कीमा समेत क्षति पु¥याएको छ ।

यहाँका खोलाका सात वटा काठे पुल बगाएकाले एक गाउँबाट अर्को गाउँबीचको आवतजावत बन्द भएको छ ।

त्यसैगरी मैला गाविसमा पनि बाढीले ठूलो क्षति गरेको छ । यहाँको लौठी गाउँमा पाँच वटा गाई भैँसीसहित गोठ र घरमा क्षति भएको छ । उक्त गाविसमा लमहीमा चार वटा घर पनि क्षति भएको छ ।

बाढीले क्षति पु¥याएपछि प्रहरीसँगको सहकार्यमा पीडित किसाले क्षतिपूर्तिको दावी गरेको किसान हेमबहादुर शाही र चद्रबहादुर शाहीले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...