केदार संकेत
सक्नेले सधै किन्छ्न मुला
र, मुटु कलेजोमा मोलेर
पररर पार्दै संवाद ठोक्छन !
सेता मुला बढी बिक्छ्न
किनकी सेतैको त छ यहाँनेर
दर भाउ र हाउभाउ !
र त मज्जाले बिक्छन् बजारमा ।
यो संसारमा
साम्राज्यवाद देखि उपनिवेशवाद
भङ्गता, फुट, गुट र टुटको दृष्य
रमिता सावित भएर बिकी रहेछ ।
काला, राता मुला
हल्का हावामा खुकुलो भएर उड्छन
र पनि निर्भिक छ्न !
भलै, यी पनि बिक्छन् बजारमा ।
तर यिनीहरुको पासमा
पानीको नहर नभएर
रहरका कुलोमात्रमा सिमित छन् ।
नबिक्ने त यहाँनेर
बैरङी रंगका मुलाहरु हुन
जो उत्तर आसयको बजारमा
चाउरी परेर सडिन्छन् ।
यो मुद्दामा
पहिचान भित्र उप-पहिचान
जात भित्र उप-जातियता
थर भित्र उप-थरको असामिप्यता हुँदा
अवसरवादीका लागि हुनहार भएको छ ।
खै बुझेँको तिनीहरुले
अचानोको पीडा
जो बर्सौ देखि
आस्थाको आकाश हेरिरहनुको
भोग बनी रहेछ !
कस्तो यो शासक
मुला जस्तो सुलुत्त परेको
न आफ्नै खुट्टा छ
न आफ्नै हात छ ।
अनि हामी जनता पनि
मुला जस्तो
विश्वकै सस्तो बजार ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।