भोटेकोसीको बाढीले १५ घर बगायो, पानीको सतह घट्दै - Naya Online

भोटेकोसीको बाढीले १५ घर बगायो, पानीको सतह घट्दै

चौतारा, २२ असार । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पु¥याएको छ ।

sindhupalchok

गएराति १० बजे एक्कासि नदीमा बाढी आएपछि लिपिङस्थित भन्सार यार्डमा राखिएका दुईवटा टिपर बगााउनुका साथै मध्य भोटेकोसी आयोजनाले बनाएको एउटा बेलीब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताउनुभयो ।

नदीमा बाढी आएपछि नदीका दायाँबायाँका धेरै भागमा क्षति पु¥याउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डको जम्बुमा ५० मिटर सडक कटान गरेको र विभिन्न ठाउँमा आएको पहिरोले यातायात ठप्प भएको छ । तातोपानी क्षेत्रमा पानी परिरहेको र चीन तर्फबाट बाढी आएकाले नदी बढेको हुन सक्ने प्रजिअ दुवाडीले बताउनुभयो ।

हालसम्म मानवीय क्षतिको जानकारी नआएको र विस्तृत विवरण आउन बाँकी रहेको छ । अहिले पानीको सतह घटेपनि सामान्यभन्दा डेढ मिटरमाथिबाट नदी बहेको प्रजिअ दुवाडीले जानकारी दिनुभयो ।

गएराति एक्कासि नदी बढेपछि तातोपानीदेखि सुकुटेसम्मको ६३ किलोमिटर क्षेत्रमा पर्ने नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क गराइएको सुरक्षा निकायले जानकारी दिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यवसायी पक्राउ

विराटनगर । १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगरका एक व्यवसायी धनकुटाको भेडेटारबाट...

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा...

नेपाली सेनाको विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि तीनदिने तालिम सम्पन्न

विराटनगर । नेपाली सेनाको विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि तीनदिने तालिम सम्पन्न भएको...

कोशी प्रदेश प्रहरी कार्यालयलद्धारा सचेतनामूलक भिडियो सार्वजनिक

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले सचेतना मूलक भीडियो सार्वजनिक गरेको छ । समाजिक...

आपराधिक घटना न्यूनीकरणका लागि कोशीमा सहयोग गर्ने सरकारको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेश सरकारका समाजिक विकासमन्त्री पाँचकर्ण राईले समाजमा बढ्दै गरेको अपराधिक घटना...

बाल संरक्षण सम्बन्धी एकीकृत कार्यविधि अन्तिम चरणमा छः मन्त्री चौधरी

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिका खोजतलास सेवा (१०४)को...

बनेपामा चालकहरूबीच कुटाकुट

काठमाडौं । काभ्रेको बनेपामा चालकहरूबीच कुटाकुट भएको छ । बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनुपर्छ: सुरेश श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा...

डा.डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’...