छ सय ९७ रेडियो सञ्चालन अनुमति - Naya Online

छ सय ९७ रेडियो सञ्चालन अनुमति

सुशील दर्नाल/रासस

काठमाडौँ, २२ असार । नेपालमा एफएम रेडियोको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

radio-mikrofon_01सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म ६९७ वटा रेडियो सञ्चालन गर्न मन्त्रालयबाट इजाजत लिइसकेका छन् । हाल ५६३ नियमित सञ्चालनमा छन् । इजाजत लिएका ६९७ मध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लाका लागि मात्र ३६ वटा रेडियोले इजाजत लिएका छन् ।

काठमाडौँमा रेडियोको अझै माग बढिरहेको मन्त्रालयले जनाएको छ । कास्कीमा ३० रेडियो सञ्चालनको इजाजत लिएकोमा अधिकांश सञ्चालनमा छन् । २०६३ साल साउनसम्ममा ५० वटा एफएम रेडियोले मात्र इजाजत लिएको देखिन्छ । यो तथ्यलाई हेर्ने हो भने २०६२/०६३ पछि दश वर्षको अवधिमा नेपालमा रेडियोको सङ्ख्यामा वृद्धि भएको हो ।

नेपालको प्रसारण इतिहासमै २००७ सालमा ‘रेडियो नेपाल’ स्थापनापछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोको रूपमा ‘रेडियो सगरमाथा’ ले २०५४ सालमा सञ्चालनको अनुमति पाएको थियो । पछिल्लो पटक विराटनगर, सुनसरी, रुपन्देही, नेपालगन्ज, कैलाली, झापा, चितवन, धनगढी सुर्खेतलगायतका जिल्लामा रेडियोको सङ्ख्यामा वृद्धि भएको पाइन्छ ।

एउटा पनि रेडियो सञ्चालन नभएको हिमालपारीको जिल्ला मनाङमा रेडियो सञ्चालनका निम्ति इजाजत भने लिइएको छ । नेपालमा रेडियो प्रसारणको करिब ६५ वर्षको इतिहासमा अब रेडियो सञ्चालनभन्दा पनि ती रेडियोले दिने सन्देश कति महत्वपूर्ण छ भन्ने हो ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामचन्द्र ढकालले रेडियो सञ्चालनका लागि इजाजत माग गरेको खण्डमा फ्रिक्वेन्सी भएसम्म दिने गरेको जानकारी दिनुभयो । रेडियो खोल्ने विषयमा सम्भावना वा आवश्यकताबारे अहिलेसम्म अध्ययन भएको छैन ।

एउटै सहरमा धेरै रेडियो खोल्नेभन्दा पनि आश्यकता र सम्भावना हेरेर फ्रिक्वेन्सी वितरण गर्ने गरी सञ्चार नीति ल्याउने योजना रहेको प्रवक्ता ढकालको भनाइ छ । अब बन्ने सञ्चारसम्बन्धी नीति नियम तथा ऐन÷कानुन ले रेडियोको सङ्ख्यालाई व्यवस्थित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आवश्यकता नहुँदा समेत कतिपय जिल्लामा अरुको देखासिकीमा एफएम रेडियो खोल्ने गरिएको सञ्चार विज्ञ तथा सो क्षेत्रका जानकार बताउँछन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सरकारले हचुवाको भरमा फ्रिक्वेन्सी दिन हुँदैन भन्नुभयो । फ्रिक्वेन्सी वितरणसम्बन्धी नीति बनाएर मात्र वितरण गर्नुपर्ने उहाँको भनाइ छ ।

रेडियोमा एकै प्रकारका कार्यक्रम दोहोरिरहेको देखिएकाले फरक प्रकृतिक विषय र भिन्नभिन्न वर्ग र क्षेत्रका स्रोतालाई लक्षित गरी रेडियो खोलिनुपर्ने अध्यक्ष विष्टको जोड छ । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिका संयोजक काशीराज दाहालले सञ्चारमाध्यमको सङ्ख्यामा वृद्धि भए पनि गुणस्तरमा अपेक्षित सुधार हुन सकेको छैन भन्नुहुन्छ ।

सो समितिले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा एफएम रेडियोको फिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र व्यापारिक प्रसारणका लागि बाँडफाँड गर्न भनेको छ । त्यसरी बाँडफाँड भएका फ्रिक्वेन्सीमध्ये सामुदायिक प्रसारण र व्यापारीक प्रसारणका फ्रिक्वेन्सीलाई पारदर्शी तथा खुल्ला प्रतिस्पर्धाको आधारमा प्रदान गर्न एफएम रेडियोलाई प्रदान गरिएको फ्रिक्वेन्सीको अवधि १८ वर्षसम्म कायम हुने गरी व्यवस्था गर्न आवश्यक कानुन बनाई लागू गर्न सुझाव दिएको छ ।

मदन भण्डारी मेमोरियल कलेज, आमसञ्चार तथा पत्रकारिता विभाग प्रमुख तथा सञ्चार विज्ञ घमराज लुइँटेलले समुदायको रेडियोप्रतिको रुची बढेसँगै सङ्ख्यामा पनि वृद्धि भएको जिकिर गर्नुहुन्छ । “समुदाय स्तरमा रेयियोको सङ्ख्या बढ्नु सकारात्मक हो, तर अस्वास्थ प्रतिस्प्रर्धा गरी एउटै सहरमा धेरै रेडियो सञ्चालन गर्नु भने उचित होइन” – उहाँले भन्नुभयो ।

सामुदायिक रेडियो प्रसारण सङ्घका अध्यक्ष मोहन चापागाईंले नेपाल जस्तो भौगोलिक क्षेत्रमा रेडियोको सङ्ख्यामा वृद्धि हुनु स्वाभाविक भएको बताउनुभयो । ‘फ्रिक्वेन्सी दिँदा सरकारले कम्तीमा नीति बनाएर सम्भावना र आवश्यकताबारे अनुगमन गरेर मात्र दिनुपर्छ,–उहाँ भन्नुहुन्छ । कतिपय स्थानमा आवश्यकता बिना सौखको रूपमा रेडियो खोल्ने, कर्मचारी राख्ने तर लामो समयसम्म तलब नदिनुभन्दा उद्देश्य मिल्ने एफएम रेडियोबीच एकता गर्नुपर्नेमा सञ्चार विज्ञले जोड दिँदै आएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

प्राणीशास्त्रका विद्यार्थी निस्वार्थ छन्– प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्राणीशास्त्रमा अध्ययन र अध्यापनरत विद्यार्थी, शिक्षकहरु...

पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई

पहिचान पुरस्कार कोषले २०८०/२०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने...