५ दिने समाचार लेखन तालिम सम्पन्न - Naya Online

५ दिने समाचार लेखन तालिम सम्पन्न

काठमाडौं, असार २० । शेर्पा किदुक मलेसियाको सहयोगमा शेर्पा सन्चार समूह नेपालले आयोजना गरेको ५ दिने समाचार लेखन तालिम आज सम्पन्न भएको छ ।

sherpa

असार १५ बाट सुरु भएको तालिम आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का महासचिव गजुरधन राईको प्रमुख अतिथ्यमा समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले पत्रकार भनेको समाचार लेख्ने, आवाजको माध्यमबाट समाजमा भए गरेका घटनाहरुलाई जनता सामु पुर्याइ समाज परिर्वतन गर्नै माध्यम भएको उल्लेख गर्दै अझै आदिवासी जनजातिहरु राष्ट्रिय संचार माध्यमहरुसम्म जनजातीहरु पुग्न नसकेको औलाए । राईले शेर्पा समुदायबाट राष्ट्रिय संचार माध्यममा न्युन मात्रमा सहभागी रहेको पनि बताए। अहिले शेर्पा संचार समुह नेपाल आदिवासी जनजाती पत्रकार महासंघको सस्थागत सदस्य भएकोले शेर्पा युवाहरुलाई संचार क्षेत्रमा लाग्न उत्प्रेरित गर्नका लागि विभिन्न तालिमहरु गर्दै आएकोमा खुसी व्यक्त समेत गरे ।

त्यसैगरि पत्रकार महासंघका महासचिव उजिर मगरले पत्रकारीता पेशामा जनजातीहरु कमै मात्रमा लागि परेको उल्लेख गर्दै तालिम लिएर मात्र नहुने त्यसलाई व्यवहारमा पनि उर्तान सक्नु पर्ने बताए। त्यसैगरि शेर्पा संचार समुह नेपालको अध्यक्ष डोमा शेर्पाले शेर्पा समुदायमा रहेका युवाहरुलाई राष्ट्रिय संचार माध्यमसम्म पु¥याउनलाई प्रयास गरिरहेको बताइन । उनले यो तालिम शेर्पा समुदायमा समाचार लेखनमा धेरै त्रुटिहरु आएकाले गर्दा तालिम संचालन गरेको बताइन । ५ दिन सम्म संचालित तालिममा पत्रकार महासंघका महासचिव उजिर मगरले प्रशिक्षण गराएका थिए। शेर्पा संचार समुह नेपालले शेर्पा पत्रकारहरु उत्पादन गर्नका लागि विभिन्न चरणमा तालिमहरु प्रदान गर्दै आइरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

पीडित परिवारलाई न्याय दिलाउन संघर्ष गर्ने चेतावनी

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा, गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई...