पर्वतकै ठूलो सिँचाइ नहर भासियो, रोपाइँ गर्न समस्या - Naya Online

पर्वतकै ठूलो सिँचाइ नहर भासियो, रोपाइँ गर्न समस्या

फलेवास (पर्वत), १९ असार । धौलागिरि अञ्चलकै पहिलो र पुरानो नहरका रुपमा चिनिएको पर्वतको फलेवासमा रहेको सिँचाइ नहर निरन्तरको वर्षाले भत्किएको छ ।

धानखेतीका लागि पकेट क्षेत्रका रुपमा परिचित फलेवास क्षेत्रका खानीगाउँ, देवीस्थान र मुडिकुवा गाविसमा सिँचाइका लागि विगत तीन दशकअघि निर्माण भएको सिँचाइ नहर शनिबार बिहान भासिएको हो । धान रोपाइँ गर्ने बेलामा नहर भासिएपछि उक्त क्षेत्रको सयौँ हेक्टर खेतमा रोपाइँ गर्न समस्या सिर्जना भएको छ ।

भत्किएको कुलो मर्मत गर्नका लागि ठूलो धनराशि र धेरै समय लाग्ने स्थानीयवासी कृषक भरत श्रेष्ठले जानकारी दिनुभयो । शनिबार बिहान नहरमा ठूलो भेल पसेपछि भेल थेग्न नसकेर कुलो भत्किएको श्रेष्ठले जानकारी दिनुभयो ।

नहर करिब पाँच मिटर गहिरो भई भासिएको स्थानीयवासी बुद्धि पौडेलले जानकारी दिनुभयो । विसं २०४१ मा निर्माण गरिएको उक्त नहर मर्मत नहुँदा ठाउँठाउँमा भत्किने गरेको छ । नहर भत्किएसँगै पानीको अभावले रोपाइँ गर्न समस्या सिर्जना भएको पौडेलले गुनासो गर्नुभयो । उक्त नहरमार्फत जिल्लाको सबैभन्दा बढी धानखेती हुने देवीस्थानमा दुई सय ५०, मुडिकुवामा दुई सय र खानीगाउँमा झन्डै एक सय हेक्टर खेतमा सिँचाइ हुँदै आएको छ । झन्डै चार किमी दूरीमा रहेको लमाए खोलाबाट ल्याइने पानी नहर भत्किएपछि स्थानीयवासी समस्यामा परेका छन् ।

उनीहरुले तत्काल नहरको मर्मतका लागि पहल गरिदिन सिँचाइ डिभिजन कार्यालयसँग अनुरोध गरेका छन् । समयमै रोपाइँ गर्न नसके उत्पादनमा ह्रास आउने भएकाले पनि मर्मतका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

केही दिन अघि सिँचाइ मन्त्री उमेश यादवले स्थलगत रुपमा कुलोको अवलोकन गर्नुभएको थियो । मन्त्रीसहितको टोलीको अवलोकनपछि मर्मतको योजना पनि बनिरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...