पर्वतकै ठूलो सिँचाइ नहर भासियो, रोपाइँ गर्न समस्या - Naya Online

पर्वतकै ठूलो सिँचाइ नहर भासियो, रोपाइँ गर्न समस्या

फलेवास (पर्वत), १९ असार । धौलागिरि अञ्चलकै पहिलो र पुरानो नहरका रुपमा चिनिएको पर्वतको फलेवासमा रहेको सिँचाइ नहर निरन्तरको वर्षाले भत्किएको छ ।

धानखेतीका लागि पकेट क्षेत्रका रुपमा परिचित फलेवास क्षेत्रका खानीगाउँ, देवीस्थान र मुडिकुवा गाविसमा सिँचाइका लागि विगत तीन दशकअघि निर्माण भएको सिँचाइ नहर शनिबार बिहान भासिएको हो । धान रोपाइँ गर्ने बेलामा नहर भासिएपछि उक्त क्षेत्रको सयौँ हेक्टर खेतमा रोपाइँ गर्न समस्या सिर्जना भएको छ ।

भत्किएको कुलो मर्मत गर्नका लागि ठूलो धनराशि र धेरै समय लाग्ने स्थानीयवासी कृषक भरत श्रेष्ठले जानकारी दिनुभयो । शनिबार बिहान नहरमा ठूलो भेल पसेपछि भेल थेग्न नसकेर कुलो भत्किएको श्रेष्ठले जानकारी दिनुभयो ।

नहर करिब पाँच मिटर गहिरो भई भासिएको स्थानीयवासी बुद्धि पौडेलले जानकारी दिनुभयो । विसं २०४१ मा निर्माण गरिएको उक्त नहर मर्मत नहुँदा ठाउँठाउँमा भत्किने गरेको छ । नहर भत्किएसँगै पानीको अभावले रोपाइँ गर्न समस्या सिर्जना भएको पौडेलले गुनासो गर्नुभयो । उक्त नहरमार्फत जिल्लाको सबैभन्दा बढी धानखेती हुने देवीस्थानमा दुई सय ५०, मुडिकुवामा दुई सय र खानीगाउँमा झन्डै एक सय हेक्टर खेतमा सिँचाइ हुँदै आएको छ । झन्डै चार किमी दूरीमा रहेको लमाए खोलाबाट ल्याइने पानी नहर भत्किएपछि स्थानीयवासी समस्यामा परेका छन् ।

उनीहरुले तत्काल नहरको मर्मतका लागि पहल गरिदिन सिँचाइ डिभिजन कार्यालयसँग अनुरोध गरेका छन् । समयमै रोपाइँ गर्न नसके उत्पादनमा ह्रास आउने भएकाले पनि मर्मतका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

केही दिन अघि सिँचाइ मन्त्री उमेश यादवले स्थलगत रुपमा कुलोको अवलोकन गर्नुभएको थियो । मन्त्रीसहितको टोलीको अवलोकनपछि मर्मतको योजना पनि बनिरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...