पूर्वमन्त्री मानन्धरको अन्त्येष्टि - Naya Online

पूर्वमन्त्री मानन्धरको अन्त्येष्टि

काठमाडौँ, १८ असार । सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको आज पशुपति आर्यघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

मूत्र प्रणालीको क्यान्सरबाट पीडित मानन्धरको ७५ वर्षको उमेरमा शुक्रबार बिहान १०ः४५ बजे नर्भिक अस्पताल, थापाथलीमा निधन भएको थियो ।

समाजवादी फोरम सल्लाहकार परिषद्का सभापति स्व मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । मानन्धर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष र नेपाल प्राध्यापक सङ्घका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।

shab yatraबिहान पार्टी कार्यालय तीनकुने, त्रिचन्द्र कलेज, घन्टाघर र खुल्लामञ्चमा राखिएको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेल, नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका नेता वर्षमान पुन र सांसद श्याम श्रेष्ठलगायत मधेस केन्द्रित दलका नेताहरूले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...