भाषासेवी पुरस्कृत तथा सम्मानित - Naya Online

भाषासेवी पुरस्कृत तथा सम्मानित

काठमाडौँ, १८ असार । नेपाल भाषा परिषद्ले यस वर्षको ‘चित्तधर पुरस्कार’ भूषणप्रसाद श्रेष्ठ, ‘पूर्णहिरा पुरस्कार’ राजा शाक्य, ‘मोतीलक्ष्मी पुरस्कार’ अमिता धाख्खा र ‘केशवलाल कथा पुरस्कार’ पं दीपनारायण मिश्रलाई प्रदान गरेको छ ।

भाषासेवी श्रेष्ठ, शाक्यलाई नेपाल भाषाको विकासमा योगदान गरेबापत उपलब्ध गराइएको चित्तधर पुरस्कार र पूर्णहिरा पुरस्कारको राशि रु २५–२५ हजार र कदरपत्र छ ।

धाख्खालाई बौद्ध दर्शन साहित्यको प्रवद्र्धनमा सहयोग गरेकामा मोतीलक्ष्मी तथा पं मिश्रलाई भोजपुरी भाषा तथा साहित्यको समृद्धिमा योगदान गरेकामा प्रदान गरिएको केशवलाल कथा पुरस्कार दुवैको राशि रु १०–१० हजार छ ।

यहाँ आज आयोजित कार्यक्रममा परिषद्का सल्लाहकार फणीन्द्ररत्न वज्राचार्यलाई भाषासेवीको मानार्थ सम्मानसमेत दिइएको छ ।

सोही कार्यक्रममा वरिष्ठ मूर्तिकार गोविन्दनारायण ज्यापूले सर्जकलाई पुरस्कृत गर्ने परिपाटीले लेखकलाई साहित्य र कृति प्रकाशनमा प्रेरणा मिल्ने बताउनुभयो । परिषद्का अध्यक्ष सुवर्ण शाक्यले विभिन्न भाषाका साहित्य तथा संस्कृतिका लेखक तथा साहित्यकारलाई पुरस्कृत गर्ने संस्थाको नीति रहेको बताउनुभयो ।

समाजसेवी नवीन चित्रकारले नेपाल भाषाका कविकेशरी चित्तधर हृदयको ११०औँ जन्मजयन्तीका उपलक्ष्यमा ती पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

सुदिप पुर्कुटि ‘लुरे/रुन्चे’ को दुई मुक्तक –

सुदिप पुर्कुटि ‘लुरे/रुन्चे’ (१) स्वार्थि दुनियाँमा हिड्दा हिड्दा थाकेकाे मात्रा हुँ म अधिकाशं मुन्छेहरु...

केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक तयार

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमनत्री केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक प्रकाशन...

एडभेन्चर ट्रेक चाहनेहरूका लागिः ‘ग्रेट हिमालय ट्रेल’

निनाम लोवात्ती हाम्रो देशमा विदेशी पर्यटकहरू भ्रमणमा आएका वेला आँखाले प्रत्यक्ष हेर्ने, देख्ने, अनुभव...

बहुप्रतिभाका धनी महेशकुमार प्रदेश नं. १ का प्रदेशसभा उम्मेद्वार

मंसिर ४ मा हुन गइरहेको आम निर्वाचनमा फरक विचार र नयाँ अनुहारहरूले उम्मेद्वार दिइरहेका...

सस्मंरण: आँखाको नानीमा सधैँ नाचिरहन्छ – ईलाम !

भीम राई हातमा एकएक मुठो निगुरो बोकिरहेका एकजोडी बालिकाहरू मेची हाइवेका अकस्मात देखिँदा मलाई...

तान्छोमाको माया

नरेन्द्रराज केरुङ मैले त्यतिखेरै असहमति जनाएको थिए । जब उसले क्रान्तिकारी ताको मीठो व्याख्या...

वियोगी काइँलाको एकल कविता वाचन सम्पन्न

झापा, २५ भदौ । कवि वियोगी काइँलाको एकल कविता वाचन सम्पन्न भएको छ ।...