ढाकामा आतङ्ककारी हमला प्रयास, कैयौं व्यक्ति आतङ्ककारीको नियन्त्रणमा, पाँच बन्दुकधारीको कारबाहीका क्रममा मृत्यु– प्रहरी - Naya Online

ढाकामा आतङ्ककारी हमला प्रयास, कैयौं व्यक्ति आतङ्ककारीको नियन्त्रणमा, पाँच बन्दुकधारीको कारबाहीका क्रममा मृत्यु– प्रहरी

ढाका, १८ असार । बङ्गलादेशको राजधानी ढाकामा शनिबार बिहान आतङ्ककारी हमलाको प्रयास भएको समाचार छ ।
राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा यस्तो प्रयास भएको हो । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका थिए ।
त्यस प्रयासलगत्तै प्रहरी पुगेपछि उनीहरुले उक्त रेष्टुरेन्टमा रहेका पहुनालाई नियन्त्रणमा लिएका बताइएको छ ।
bangladeshउक्त प्रयासस्वरुप ढाका प्रहरीले कारबाहीका क्रममा पाँचजना बन्दुकधारी नै मारिएको जनाएको छ ।
प्रहरीका अनुसार सो रेष्टुरेन्टमा आतङ्कवादीले हमला गरेको जानकारी पाएपछि तत्कालै प्रहरी र सेनासहितको संयुक्त सुरक्षा फौज त्यहाँ पुगेको थियो ।
यस क्रममा सुरक्षाकर्मीको कारबाहीका क्रममा पाँचजना बन्दुकधारी मारिएका बताइएको छ । साथै सुरक्षाफौजले नियन्त्रणमा लिएका पाहुनालाई पनि मुक्त गरेको जनाएको छ ।
एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा भनेका छन्– हामी कारबाहीको अन्त्यमा आइपुगेका छौँ, यस क्रममा पाँचजना बन्दुकधारी मारिएका छन् भने हामीले धेरै स्वदेशी एवम् विदेशी पाहुनालाई नियन्त्रणबाट मुक्त गरेका छौँ ।
बङ्गलादेशको सुरक्षा फौज तथा सरकारले यस बारेमा औपचारिक रुपमा केही बताएको छैन । यस सुरक्षा फौजले अहिलेसम्ममा विदेशी र स्वदेशी पाहुनाको उद्वार गरिएको र कारबाहीका क्रममा बन्दुकधारीमात्र पाँच मारिएका जनाएको छ ।
तर पनि कतिपय विदेशी एवम् स्वादेशी मिडियाले भने त्यस आक्रमणका क्रममा ८ देखि १० जनाजति विदेशी पाहुना मारिएको जनाएका छन् ।
श्रीलङ्काली विदेश मन्त्रालयले पनि आफ्ना दुई जना नागरिक आतङ्ककारीको नियन्त्रणमा रहेका जनाएको छ ।
उता पाकिस्तानले भने सो आक्रमणको निन्दा गर्दै त्यसमा कैयौं सर्वसाधारण नागरिकसहित दुई जना प्रहरी अधिकारी मारिएको जनाएको छ । रासस/सिन्ह्वा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

भारतमा तापक्रम ४९ डिग्री सेल्सियस, गर्मीले ६ जनाको मृत्यु

एजेन्सी । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको...

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

म्यानमार सेनाद्धारा करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण, हजारौं मानिस गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा...

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार...

पोर्तुगल विकसित हुनुमा आप्रवासी कामदारको हातः मार्सेलो

केश तमू पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका...

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...