राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने माओवादी केन्द्रको निर्णय - Naya Online

राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, १८ असार । मधेसवादी दल, आदिवासी जनजाति समूहलाई वार्तामा ल्याएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यसहित नेकपा(माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म मुलुकका विद्यमान समस्या समाधान हुन नसक्ने र त्यसमा प्रमुख राजनीतिक दल एकै ठाउँमा आउनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय सहमतिको सरकारका लागि नेपाली काँग्रेस, नेकपा (एमाले)लगायतका दलले विशेष योगदान गर्नुपर्ने निष्कर्ष निकाल्दै बैठकले त्यसको पहल माओवादीले गर्ने निष्कर्षसमेत निकालेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको छ । गत वैशाखमा प्रमुख सत्तारुढ दल नेकपा(एमाले) र माओवादी केन्द्रका बीच नौ बुँदे सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै माओवादी केन्द्रले असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

युद्धकालीन मुद्दा, शान्ति प्रक्रियासँग जोडिएका विषयमा सरकारको नेतृत्वकर्ता दलले ध्यान नदिएको र पूर्व सहमति कार्यान्वयनमा मन नलगाएको भन्दै माओवादीका नेताले सार्वजनिक रुपमा नै सरकारको आलोचना गर्दै आउनुभएको छ ।

बैठकले आफ्नो एजेन्डा मिल्ने दलसँग मिलेर वा सबै दलको सहमतिमा अगाडि बढ्ने निष्कर्षसमेत निकालेको बताइएको छ । बैठकमा सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै सरकारमा सहभागी मन्त्रीको समेत आलोचना भएको थियो ।

केन्द्रीय समिति १९९ प्रस्ताव

बैठकमा नेता वर्षमान पुन नेतृत्वको कार्यदलले पेस गरेको सङ्गठनात्मक कार्यविधि पारित गरेको छ । उक्त कार्यविधिअनुसार माओवादी केन्द्रको केन्द्रीय समिति १९९ सदस्य हुने प्रस्ताव गरिएको छ ।

माओवादी आयोजक समितिका लागि भन्दै माओवादीले एक हजार ५०० आयोजक समिति बनाएको छ । सोसम्बन्धी आवश्यक निर्णय भने यही असार २१ गते बोलाइएको पोलिटब्युरोका बैठकले गर्ने प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...