टावर निर्माणमा अवरोध गर्ने पक्राउ - Naya Online

टावर निर्माणमा अवरोध गर्ने पक्राउ

सिन्धुली, १८ असार । निर्माणाधीन खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनअन्तर्गत सिन्धुली खण्डमा निर्माण कार्यमा अवरोध खडा गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज हाइटेन्सनको टावर निर्माण गर्ने क्रममा स्थानीयवासीले अवरोध गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका–७ बर्देउटार निवासी मनोजबहादुर प्रधान, नारायण थापा, चन्द्रबहादुर विक, मदनकुमारी प्रधान, रमेशकुमार प्रधान, हेमशङ्खर विक, अम्बिका थापा, सानुमाया राजभण्डारी, गणेश कार्कीलगायतका रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

टावर निर्माण कार्यमा अवरोध भएपछि उनीहरुलाई पक्राउ गरी आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिनुभयो । उनीहरुले निर्माण कार्यमा खटिएका कर्मचारीहरुलाई गालीगलौज गर्ने, कुटपिट गर्ने, धम्की दिँदै लाठीले घोच्ने गरेका कारण पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र २४ घन्टाभित्र छलफलमा आई निर्माण कार्यमा अवरोध नगर्ने प्रतिबद्धता जाहेर भएपछि मात्र छाडिने प्रहरीले जनाएको छ ।

यदि खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाइन निर्माण आयोजना समितिले उनीहरुविरुद्ध निवेदन दिएमा तत्कालै कानुन बमोजिम कारबाही गर्ने प्रहरी नायब उपरीक्षक मगरले जानकारी दिनुभयो । २४ घन्टासम्म छलफलमा नआएमा विकास निर्माण कार्यमा अवरोध गर्नेलाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन सक्ने बताइएको छ ।

यता प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले विकास निर्माण कार्यमा अवरोध गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताउनुभएको छ । राज्य कमजोर बनेर विकास विरोधीको मनोवल बढाउने कार्यमा राज्य नझुक्ने बताउँदै विकास निर्माणको प्रक्रिया सञ्चालन रहेको समेत जानकारी दिनुभयो ।

अहिले सबै टावरको निर्माण कार्य सम्पन्न भएको र एउटा टावरको निर्माण कार्यमा अवरोध गर्नेलाई पक्राउ गरिएको र राज्यले नियमन गरेरै भए पनि १० वर्षदेखि निर्माण हुन नसकेको खिम्ती–ढल्केबर २२० केभीको निर्माण कार्य आफू आएदेखि सञ्चालन भएको भन्दै प्रजिअ कार्कीले यस आयोजना निर्माण कार्य सम्पन्न गराएरै छाड्ने दाबी गर्नुभयो ।

केही स्थानीयवासीले भने जसरी पनि निर्माण कार्य रोक्ने एउटै आफ्नो उद्देश्य रहेको बताउँदै आएको प्रजिअ कार्कीको भनाइ छ ।

केही स्थानीयले भने जग्गा भोगचलनको क्षेत्रफल छुट्याइदिनुपर्ने, निर्माण कार्य रोकी पुनः सर्भे गर्नुपर्ने माग गर्दै बेलाबेलामा अवरोध गर्दै आएका छन् ।

राज्यले दमन गरेर विकास निर्माणको काम गरेको भन्दै विरोध गर्ने केही व्यक्तिलाई यसअघि पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने प्रक्रियामा पुगेपछि पक्राउ परेकाले निर्माण कार्यमा अवरोध नगर्ने प्रतिबद्धता जनाएपछि छाडिएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...