धान रोप्ने मेसिन भित्रियो,नर्सरी व्यवस्थापनमा विशेष कार्यक्रम - Naya Online

धान रोप्ने मेसिन भित्रियो,नर्सरी व्यवस्थापनमा विशेष कार्यक्रम

मेसिनबाट धान रोप्न बीउ पनि सोही अनुसारको राख्नुपर्ने हुन्छ । किसानले परम्परागत रुपमा राखेको बीउ मेसिनले रोप्न सक्दैन । त्यसैले किसान प्रशिक्षणमा आगामी वर्षका लागि रु २० लाख बजेट प्रस्ताव गरिएको कृषि कार्यालय चितवनले जनाएको छ ।

रत्ननगर (चितवन), १८ असार । चितवन जिल्लामा सरकारी अनुदानमा पहिलो पटक धान रोप्ने मेसिन भित्रिएको छ ।

जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार यो वर्ष ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन ल्याएर सहकारी संस्थामा परीक्षण गरिएको हो । पूर्वी चितवन कपियाको कृषि समूह र वीरेन्द्रनगर साना किसान कृषि सहकारीमा मेसिन अनुदान दिइएको हो ।

करिब रु १२ लाख पर्ने दुईवटा मेसिन ५० प्रतिशत अनुदानमा ल्याएर जिल्लामा धान रोपाइँमा यन्त्रिकरणको प्रयोग गरिएको कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।

‘मेसिनबाट धान रोप्न विशेष प्रकारको नर्सरी चाहिने हुन्छ, घिमिरेले भन्नुभयो, आगामी वर्ष यसको नर्सरी (बीउ) व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याएर किसानलाई यसतर्फ आकर्षित गराउने छौं ।’

मेसिनबाट धान रोप्न बीउ पनि सोही अनुसारको राख्नुपर्ने हुन्छ । किसानले परम्परागत रुपमा राखेको बीउ मेसिनले रोप्न सक्दैन । त्यसैले किसान प्रशिक्षणमा आगामी वर्षका लागि रु २० लाख बजेट प्रस्ताव गरिएको कृषि कार्यालय चितवनले जनाएको छ ।

किसानलाई नर्सरी व्यवस्थापनदेखि रोप्ने प्रक्रियासम्मको लागि प्याकेजमै कार्यक्रम सञ्चालन गरिने घिमिरेले बताउनुभयो । त्यसपछि मात्रै यो कृषि यन्त्रिकरण फस्टाउने देखिएको उहाँको भनाइ छ । नभए किसानलाई मेसिनमात्रै दिएर काम हुँदैन ।

मेसिनले रोप्नका लागि प्यास्टिकमाथि एक इन्च माटो राखेर त्यसमा धानको बीउ राख्नुपर्छ । १५ दिन भन्दा बढी भएको धानको बीउ रोप्न समेत मेसिनबाट कठिन हुने घिमिरेले बताउनुभयो ।

त्यसैले सबै प्याकेजमै किसानलाई सिकाउनुपर्ने देखिएको उहाँको भनाइ छ । किसानलाई जानकारी गराएर आगामी वर्ष यन्त्रिकरण तर्फ उन्मुख बनाउने योजना कृषि कार्यालयको छ । यन्त्रले ८ घन्टामा चार बिगाहासम्म धान रोप्न सक्छ । सो क्षेत्रमा मानिसले रोप्ने हो भने झन्डै ८० जना परिचालन गर्नुपर्ने हुन्छ ।

मेसिनले लागत पनि घट्ने र जनशक्ति पनि कम लाग्ने भएकाले यन्त्रिकरण आजको आवश्यकता भएको कृषि विज्ञ सुदिप रेग्मी बताउनुहुन्छ ।
कृषि विकास कार्यालयका अनुसार चितवनमा गएको वर्ष २९ हजार ४०० हेक्टरमा धानखेती भएको त्यसबाट एक लाख तीन हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

रु ११ करोड २५ लाख भन्दा बढीको धानको बीउ चितवनमा उत्पादन भएको छ । अनुदानका कार्यक्रम बढेकाले अब आधुनिक प्रविधि अपनाए क्षेत्रफल घटेपनि धान उत्पादनमा बृद्धि हुने विश्वास कार्यालयको छ । माछापालन र केराखेतीमा किसान आकर्षित भएकाले पछिल्ला केही वर्षदेखि जिल्लामा धानखेती घट्दो छ ।

यसलाई परिपूर्ति गराउन उत्पादकत्व बढाउने र लागत घटाउनु नै महत्वपूर्ण उपाय भएको किसान ईश्वरी ढकाल बताउनुहुन्छ ।

त्यसैले आगामी वर्ष मेसिनबाट धान रोप्ने यन्त्रमा मात्रै होइन बीउ, नर्सरी व्यवस्थापन बास्नादार र मसिना धानलगायत अन्य विषयमा अनुदान दिएर अघि बढ्ने तयारीमा कृषि कार्यालय रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...