धान रोप्ने मेसिन भित्रियो,नर्सरी व्यवस्थापनमा विशेष कार्यक्रम - Naya Online

धान रोप्ने मेसिन भित्रियो,नर्सरी व्यवस्थापनमा विशेष कार्यक्रम

मेसिनबाट धान रोप्न बीउ पनि सोही अनुसारको राख्नुपर्ने हुन्छ । किसानले परम्परागत रुपमा राखेको बीउ मेसिनले रोप्न सक्दैन । त्यसैले किसान प्रशिक्षणमा आगामी वर्षका लागि रु २० लाख बजेट प्रस्ताव गरिएको कृषि कार्यालय चितवनले जनाएको छ ।

रत्ननगर (चितवन), १८ असार । चितवन जिल्लामा सरकारी अनुदानमा पहिलो पटक धान रोप्ने मेसिन भित्रिएको छ ।

जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार यो वर्ष ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन ल्याएर सहकारी संस्थामा परीक्षण गरिएको हो । पूर्वी चितवन कपियाको कृषि समूह र वीरेन्द्रनगर साना किसान कृषि सहकारीमा मेसिन अनुदान दिइएको हो ।

करिब रु १२ लाख पर्ने दुईवटा मेसिन ५० प्रतिशत अनुदानमा ल्याएर जिल्लामा धान रोपाइँमा यन्त्रिकरणको प्रयोग गरिएको कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।

‘मेसिनबाट धान रोप्न विशेष प्रकारको नर्सरी चाहिने हुन्छ, घिमिरेले भन्नुभयो, आगामी वर्ष यसको नर्सरी (बीउ) व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याएर किसानलाई यसतर्फ आकर्षित गराउने छौं ।’

मेसिनबाट धान रोप्न बीउ पनि सोही अनुसारको राख्नुपर्ने हुन्छ । किसानले परम्परागत रुपमा राखेको बीउ मेसिनले रोप्न सक्दैन । त्यसैले किसान प्रशिक्षणमा आगामी वर्षका लागि रु २० लाख बजेट प्रस्ताव गरिएको कृषि कार्यालय चितवनले जनाएको छ ।

किसानलाई नर्सरी व्यवस्थापनदेखि रोप्ने प्रक्रियासम्मको लागि प्याकेजमै कार्यक्रम सञ्चालन गरिने घिमिरेले बताउनुभयो । त्यसपछि मात्रै यो कृषि यन्त्रिकरण फस्टाउने देखिएको उहाँको भनाइ छ । नभए किसानलाई मेसिनमात्रै दिएर काम हुँदैन ।

मेसिनले रोप्नका लागि प्यास्टिकमाथि एक इन्च माटो राखेर त्यसमा धानको बीउ राख्नुपर्छ । १५ दिन भन्दा बढी भएको धानको बीउ रोप्न समेत मेसिनबाट कठिन हुने घिमिरेले बताउनुभयो ।

त्यसैले सबै प्याकेजमै किसानलाई सिकाउनुपर्ने देखिएको उहाँको भनाइ छ । किसानलाई जानकारी गराएर आगामी वर्ष यन्त्रिकरण तर्फ उन्मुख बनाउने योजना कृषि कार्यालयको छ । यन्त्रले ८ घन्टामा चार बिगाहासम्म धान रोप्न सक्छ । सो क्षेत्रमा मानिसले रोप्ने हो भने झन्डै ८० जना परिचालन गर्नुपर्ने हुन्छ ।

मेसिनले लागत पनि घट्ने र जनशक्ति पनि कम लाग्ने भएकाले यन्त्रिकरण आजको आवश्यकता भएको कृषि विज्ञ सुदिप रेग्मी बताउनुहुन्छ ।
कृषि विकास कार्यालयका अनुसार चितवनमा गएको वर्ष २९ हजार ४०० हेक्टरमा धानखेती भएको त्यसबाट एक लाख तीन हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

रु ११ करोड २५ लाख भन्दा बढीको धानको बीउ चितवनमा उत्पादन भएको छ । अनुदानका कार्यक्रम बढेकाले अब आधुनिक प्रविधि अपनाए क्षेत्रफल घटेपनि धान उत्पादनमा बृद्धि हुने विश्वास कार्यालयको छ । माछापालन र केराखेतीमा किसान आकर्षित भएकाले पछिल्ला केही वर्षदेखि जिल्लामा धानखेती घट्दो छ ।

यसलाई परिपूर्ति गराउन उत्पादकत्व बढाउने र लागत घटाउनु नै महत्वपूर्ण उपाय भएको किसान ईश्वरी ढकाल बताउनुहुन्छ ।

त्यसैले आगामी वर्ष मेसिनबाट धान रोप्ने यन्त्रमा मात्रै होइन बीउ, नर्सरी व्यवस्थापन बास्नादार र मसिना धानलगायत अन्य विषयमा अनुदान दिएर अघि बढ्ने तयारीमा कृषि कार्यालय रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...