राष्ट्रिय सहमति आवश्यक छ: अध्यक्ष दाहाल - Naya Online

राष्ट्रिय सहमति आवश्यक छ: अध्यक्ष दाहाल

नेपालगन्ज, १६ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरुबीच चाँडै राष्ट्रिय सहमति नबने मुलुक ठूलो दुर्घटनामा जान सक्ने बताउनुभएको छ ।

Prachandaगत वर्षको भूकम्पबाट ज्यान गुमाएका सञ्चार उद्यमी तथा समाजसेवी अच्युतराज सुवेदीको ‘स्मृति’ पुस्तक विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकलाई सम्भावित राजनीतिक दुर्घटनाबाट जोगाउन राष्ट्रिय सहमति एक मात्र विकल्प भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिले राजनीतिमा अहंकार र विकृति बढेको छ, त्यसलाई परास्त गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।”

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली वा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण भए पनि आफ्नो दललाई मान्य हुने स्पष्ट गर्नुभयो ।

स्व सुवेदीका पिता एवम् पुस्तक प्रकाशन संस्था ‘अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान’ का अध्यक्ष प्रकाश सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्व सुवेदीकी माता पूर्णा सुवेदी र राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...