दयाहाङ र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री - Naya Online

दयाहाङ र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री

काठमाडौँ, १६ असार । नेपाल चलचित्र बोर्डले गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ द्वारा सम्मान गरेको छ ।

national_flim_award7408राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र बोर्डका अध्यक्ष राजकुमार राईले पुरस्कारसहित उहाँहरुलाई सम्मान गर्नुभयो । चलचित्र ‘कबड्डी–कबड्डी’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको पुरस्कार जित्दै उपाधिको रक्षा गर्नुभयो । उहाँको यो उत्कृष्ट अभिनेताका लागि लगातार तेस्रो पुरस्कार हो ।

त्यस्तै उत्कृष्ट अभिनेत्रीको पुरस्कार नम्रता श्रेष्ठले चलचित्र ‘क्लासिक’बाट हात पार्नुभयो । त्यसैगरी उत्कृष्ट चलचित्र पुरस्कार ‘पशुपतिप्रसाद’ ले जित्दा त्यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक चुनिनुभयो ।

उत्कृष्ट नवनिर्देशक अभिनेता समेत रहनुभएका भुवन केसीले चलचित्र ‘ड्रिम्स’बाट जित्नुभयो । साथै उत्कृष्ट लेखन (कथा, पटकथा तथा संवाद)तर्फ ‘पशुपतिप्रसाद’बाट अभिनेता समेत रहनुभएका खगेन्द्र लामिछाने, छायाङ्कनमा ‘ड्रिम्स’बाट पुरुषोत्तम प्रधान र सञ्जय लामा तथा सम्पादनमा ‘क्लासिक’बाट सुरेन्द्र पौडेल पुरस्कृत भए । त्यस्तै ‘उत्कृष्ट आदिवासी–जनजाति चलचित्र’बाट गुरुङ भाषाको चलचित्र ‘युम्पो देउराली’ पुरस्कृत भयो । उक्त पुरस्कार आदिवासी–जनजाति चलचित्र महासङ्घका अध्यक्ष अमृत सुनुवारलाई प्रदान गरियो । त्यस्तै ‘चलचित्र दीर्घसाधना सम्मान’बाट वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई रु तीन लाख ५१ हजार १११ सहित सम्मान गरियो ।

पुरस्कृत चलचित्रका विभिन्न विधा गत वर्ष प्रदर्शनमा आएका ५३ चलचित्रमध्येबाट उत्कृष्ट ठहरिएका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक...

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...