मलेसियाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउन माग - Naya Online

मलेसियाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउन माग

काठमाडौँ, १६ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियाका लागि नेपालका राजदूत निरञ्जन बस्न्यातलाई फिर्ता बोलाउन माग गरेको छ ।
Dr-Niranjan-Man-Singh-Basnyat

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विमल ढकालले भिएलएन, बायोमेट्रिक, माइग्राम, आइसिएसजस्ता संस्थासँग राजदूत बस्न्यातले साँठगाँठ गरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिक भार बोकाउने कार्य गरेको आरोप लगाउनुभयो ।

उहाँले ती संस्था अवैध ढङ्गले सञ्चालनमा आएको जनाउँदै बन्द गर्न प्रधानमन्त्री, परराष्ट्रन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै निकायलाई अनुरोध समेत गर्नुभयो । यही असार १३ गतेदेखि भएको श्रम तथा रोजगारमन्त्रीको मलेसिया भ्रमणका क्रममा सहभागी भएको सङ्घको टोलीलाई मलेसियाका श्रममन्त्रीसँग भेटघाट गर्न राजदूत बस्न्यातले रोकेको सङ्घले आरोप लगाएको छ ।

सङ्घले मलेसिया गएका कामदारको प्रवेशाज्ञा रोजगारदाता कम्पनीले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था विपरीत प्रवेशाज्ञा नवीकरण नगर्ने कम्पनीलाई कारबाही नगरी उल्टै कामदारलाई कारागार चलान गर्ने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ ।

कामदारमाथिको शारीरिक तथा मानसिक यातना दिने कार्य तत्काल बन्द गरी नेपाली कामदारको हकहितको सुनिश्चिततासहित तीन महिनाभित्र मलेसियासँग श्रम सम्झौता गर्नुपर्ने सङ्घको भनाइ छ । मलेसियाका रोजगारदाता कम्पनीले समयमा प्रवेशाज्ञा नवीकरण नगर्ने र करार समाप्त भएपछि समयमा नेपाल फिर्ता नगर्ने कम्पनीलाई मलेसिया सरकारले कारबाही गर्नुपर्ने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

दुतावासको सहयोग र पिएनसीसीको समन्वयमा दुई नेपालीको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले दुईजना पीडित नेपाली श्रमिकको उद्धार गरि नेपाल...

फोनिजद्वारा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना कार्यक्रम

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय पत्रकार महिलाहरुको...

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहद्वारा प्रकाशित परदेशी विम्बहरू… लोकार्पित

धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले पुस्तक लोकार्पण, परिचर्चा, सृजना बाचन तथा पुरस्कार सम्मान...

‘मेरो जीवनयात्रा’को विमोचन, ८४ बर्षमा ल्याए थाम्सुहाङ्ले आफ्नो आत्मपरक कृति

पाँचथर । ७ बैशाख २०८१ शुक्रबार । देवमान थाम्सुहाङ्द्वारा लिखित ‘मेरो जीवनयात्रा’ कृतिको विमोचन...

किरात याक्थुङ चुम्लुङ लिसापको २०औँ स्थापना दिवस मनाइयो

पाँचथर । ५ बैशाख २०८१ बुधबार । लिम्बू सांस्कृतिक परिषदको २०औँ स्थापना दिवस मनाइएको...

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

सुनसरी, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको धार्मिक...

‘चे’ अर्थात् ‘लास’ बजारमा आउँदै

काठमाडौ । ३ बैशाख २०८१ सोमबार । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको...

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डातोलन कार्यक्रम...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...

नयाँ वर्षमा सुगुप काकरभिट्टामा प्रदर्शन हुँदै

विराटनगर । चलचित्र सुगुप नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर किरात याक्थुङ चुम्लुङ...