नयाँ शक्ति नेपालमा तीन सहसंयोजक तोकिए - Naya Online

नयाँ शक्ति नेपालमा तीन सहसंयोजक तोकिए

काठमाडौँ, १४ असार । नयाँ शक्ति नेपालले केन्द्रीय कार्यकारी समितिको राजनीतिक समिति संयोजकमा पार्टीका संयोजक डा बाबुराम भट्टराई तथा सह–संयोजकमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोवलाई चयन गरेको छ ।

सो पार्टीको असार १० देखि १४ गतेसम्म बसेको केन्द्रीय सचिवालयको बैठकले ३० विभाग र सात प्रदेशको संयोजकसमेत चयन गरेको छ । बैठकले राष्ट्रिय भेलाबाट गठित कार्यदलले परिमार्जनसहित पेस गरेको विधान प्रतिवेदन पारित गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता खिमलाल देवकोटाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीको अवलम्बन गर्दै अध्यक्षसहित सम्पूर्ण पदाधिकारी एवम् कार्यसमिति सदस्य सम्पूर्ण सदस्यबाट प्रत्यक्ष निर्वाचित हुने, एक व्यक्ति एक कार्यकारी पद र दुई कार्यकाल, चुनिएका प्रतिनिधिले जिम्मेवारी पूरा नगरेमा निर्वाचित प्रतिनिधिलाई प्रत्याह्वानको अधिकार प्रयोग गरी फिर्ता बोलाउने व्यवस्था गरेको छ ।

सो पार्टीले पारित अन्तरिम विधानअनुरुप अन्तरिम केन्द्रीय परिषद्को सचिवालयलाई केन्द्रीय कार्यकारी समितिमा रुपान्तरण गरिएको जनाउँदै समितिको सङ्ख्या ९९ नबढ्ने गरी महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सदस्य थपिएको उल्लेख छ ।

बैठकले तत्कालीन कार्ययोजनाका रुपमा असार १५ देखि असोज १५ गतेसम्मका लागि तीनमहिने कार्ययोजना पारित गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

जसपाले भन्यो –लिम्बूलाई सहिद घोषणा गर

दमक, ११ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बू...