नयाँ शक्ति नेपालमा तीन सहसंयोजक तोकिए - Naya Online

नयाँ शक्ति नेपालमा तीन सहसंयोजक तोकिए

काठमाडौँ, १४ असार । नयाँ शक्ति नेपालले केन्द्रीय कार्यकारी समितिको राजनीतिक समिति संयोजकमा पार्टीका संयोजक डा बाबुराम भट्टराई तथा सह–संयोजकमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोवलाई चयन गरेको छ ।

सो पार्टीको असार १० देखि १४ गतेसम्म बसेको केन्द्रीय सचिवालयको बैठकले ३० विभाग र सात प्रदेशको संयोजकसमेत चयन गरेको छ । बैठकले राष्ट्रिय भेलाबाट गठित कार्यदलले परिमार्जनसहित पेस गरेको विधान प्रतिवेदन पारित गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता खिमलाल देवकोटाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीको अवलम्बन गर्दै अध्यक्षसहित सम्पूर्ण पदाधिकारी एवम् कार्यसमिति सदस्य सम्पूर्ण सदस्यबाट प्रत्यक्ष निर्वाचित हुने, एक व्यक्ति एक कार्यकारी पद र दुई कार्यकाल, चुनिएका प्रतिनिधिले जिम्मेवारी पूरा नगरेमा निर्वाचित प्रतिनिधिलाई प्रत्याह्वानको अधिकार प्रयोग गरी फिर्ता बोलाउने व्यवस्था गरेको छ ।

सो पार्टीले पारित अन्तरिम विधानअनुरुप अन्तरिम केन्द्रीय परिषद्को सचिवालयलाई केन्द्रीय कार्यकारी समितिमा रुपान्तरण गरिएको जनाउँदै समितिको सङ्ख्या ९९ नबढ्ने गरी महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सदस्य थपिएको उल्लेख छ ।

बैठकले तत्कालीन कार्ययोजनाका रुपमा असार १५ देखि असोज १५ गतेसम्मका लागि तीनमहिने कार्ययोजना पारित गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...