प्रजातान्त्रिक विचार समाजमा डा केदारनरसिंह केसी - Naya Online

प्रजातान्त्रिक विचार समाजमा डा केदारनरसिंह केसी

काठमाडौँ, ११ असार । प्रजातान्त्रिक विचार समाजको १०औँ राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ ।

समाजको अध्यक्ष, महिला उपाध्यक्ष र खुल्ला सदस्यमा निर्वाचन भए पनि अन्य पदमा भने निर्विरोध छनोट गरिएको छ ।

अध्यक्षका उम्मेदवारमध्ये डा केदारनरसिंह केसीले २१० मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका प्रत्यासी डा ब्रतराज आचार्यले ६१ मत ल्याउनुभएको थियो ।

समाजको वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय समाचार समितिका अध्यक्षसमेत रहनुभएका कुलचन्द्र वाग्ले र महासचिवमा गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक गोकर्ण अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यस्तै महिला उपाध्यक्षमा डा विमला शाक्य निर्वाचित हुनुभएको छ । त्यसैगरी खुल्ला उपाध्यक्षमा डा ईश्वरीराज लौडारी, कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ र सचिवमा डा वासुदेव भण्डारी चयन हुनुभएको छ ।

महाधिवेशनले प्रदेश नं १ मा बद्री तामाङ, २ मा शिवकुमार यादव, ३ मा जगदीश्वर खनाल, ४ मा दुर्गादत्त शर्मा आचार्य, ५ मा शङ्करविवश मजगैँया, ६ मा प्रदीप बोहोरा र ७ मा लक्ष्मीराज पण्डितलाई प्रदेश संयोजक निर्वाचित गरेको छ ।

त्यसैगरी खुल्ला १४ केन्द्रीय सदस्यतर्फ सिबी मल्ल, वीरेन्द्रप्रसाद थपलिया, सुवास पन्त, मेनुकाराज भण्डारी, दिव्यलक्ष्मी बज्राचार्य, वीरबहादुर कार्की, डा चण्डीकाप्रसाद भट्ट, दिलीपकुमार झा, डा गोविन्दप्रसाद गुरागार्इं, सरोज अधिकारी, भरतप्रसाद दवाडी, विन्दु पौडेल, डा सुधारप्रसाद अधिकारी र मिलन खनाल निर्वाचित हुनुभएको छ । खुल्ला सदस्यका लागि २५ जनाको उम्मेदवारी परेको नवनिर्वाचित महासचिव अर्यालले जानकारी दिनुभयो ।

कुल ३१ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति भित्रै रहने र दुई जना सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

विसं २०५२ मा प्रा वासुदेवचन्द्र मल्लको अध्यक्षतामा गठन भएको समाजको १०औँ महाधिवेशन शुक्रबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । दुईदिने महाधिवेशनमा ४० जिल्लाका ३५० प्रतिनिधिले भाग लिएको अर्यालले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...