प्रजातान्त्रिक विचार समाजमा डा केदारनरसिंह केसी - Naya Online

प्रजातान्त्रिक विचार समाजमा डा केदारनरसिंह केसी

काठमाडौँ, ११ असार । प्रजातान्त्रिक विचार समाजको १०औँ राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ ।

समाजको अध्यक्ष, महिला उपाध्यक्ष र खुल्ला सदस्यमा निर्वाचन भए पनि अन्य पदमा भने निर्विरोध छनोट गरिएको छ ।

अध्यक्षका उम्मेदवारमध्ये डा केदारनरसिंह केसीले २१० मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका प्रत्यासी डा ब्रतराज आचार्यले ६१ मत ल्याउनुभएको थियो ।

समाजको वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय समाचार समितिका अध्यक्षसमेत रहनुभएका कुलचन्द्र वाग्ले र महासचिवमा गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक गोकर्ण अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यस्तै महिला उपाध्यक्षमा डा विमला शाक्य निर्वाचित हुनुभएको छ । त्यसैगरी खुल्ला उपाध्यक्षमा डा ईश्वरीराज लौडारी, कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ र सचिवमा डा वासुदेव भण्डारी चयन हुनुभएको छ ।

महाधिवेशनले प्रदेश नं १ मा बद्री तामाङ, २ मा शिवकुमार यादव, ३ मा जगदीश्वर खनाल, ४ मा दुर्गादत्त शर्मा आचार्य, ५ मा शङ्करविवश मजगैँया, ६ मा प्रदीप बोहोरा र ७ मा लक्ष्मीराज पण्डितलाई प्रदेश संयोजक निर्वाचित गरेको छ ।

त्यसैगरी खुल्ला १४ केन्द्रीय सदस्यतर्फ सिबी मल्ल, वीरेन्द्रप्रसाद थपलिया, सुवास पन्त, मेनुकाराज भण्डारी, दिव्यलक्ष्मी बज्राचार्य, वीरबहादुर कार्की, डा चण्डीकाप्रसाद भट्ट, दिलीपकुमार झा, डा गोविन्दप्रसाद गुरागार्इं, सरोज अधिकारी, भरतप्रसाद दवाडी, विन्दु पौडेल, डा सुधारप्रसाद अधिकारी र मिलन खनाल निर्वाचित हुनुभएको छ । खुल्ला सदस्यका लागि २५ जनाको उम्मेदवारी परेको नवनिर्वाचित महासचिव अर्यालले जानकारी दिनुभयो ।

कुल ३१ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति भित्रै रहने र दुई जना सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

विसं २०५२ मा प्रा वासुदेवचन्द्र मल्लको अध्यक्षतामा गठन भएको समाजको १०औँ महाधिवेशन शुक्रबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । दुईदिने महाधिवेशनमा ४० जिल्लाका ३५० प्रतिनिधिले भाग लिएको अर्यालले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...