अपहरण गर्ने मुख्य योजनाकार पक्राउ - Naya Online

अपहरण गर्ने मुख्य योजनाकार पक्राउ

लहान, १२ असार । सिरहाको लहान नगरपालिका–७ का यातायात व्यवसायी गुरुदयाल महतोलाई अपहरण गरी फिरौती माग्ने घटनाका मुख्य योजनाकारलाई शनिवार प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका–७ निवासी ३८ वर्षीय राजा भन्ने राजकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा काठमाडौँको सुन्धारास्थित एक गेष्टहाउसबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

पक्राउ परेका ठाकुरसहित चारजनाको समूहले गत २०७१ कात्तिक २९ गतेका दिन सिरहा नगरपालिका–७ का गुरुदयाल महतोले आफैँले चलाउने गरेको को १ च ६६४१ नंको टाटा सुमो गाडी रिजर्भ गरी इटहरीसम्म लिएर गएका र फर्कने बेलामा नक्कली बिरामी महिला चढाइ सिरहाको गोलबजार फर्कने क्रममा साँझ ८ः३० बजेतिर सप्तरीको पन्सेरा गाविस–७ स्थित खरचुइया पुलमा उक्त गाडी रोकेर महतोको साथमा भएको नगद रु ३७ हजार तथा मोबाइल फोन लुटपाट गरी उनलाई पेस्तोल देखाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

सो समूहले विभिन्न नम्बरबाट महतोका आफन्त तथा परिवारलाई टेलिफोन गरी फिरौतीबापत रु ५० लाख दिन भनेका र रकम नदिएमा ज्यानसमेत मार्ने धम्की दिएका थिए ।

अपहरित महतोलाई प्रहरीले घटना भएको ३१ दिनपछि सकुशल उद्धार गरी घटनामा संलग्न अन्य तीनजनालाई तत्काल पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनैजनाउपर जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भई उनीहरु हाल सप्तरी कारागारमा छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

प्राणीशास्त्रका विद्यार्थी निस्वार्थ छन्– प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्राणीशास्त्रमा अध्ययन र अध्यापनरत विद्यार्थी, शिक्षकहरु...

पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई

पहिचान पुरस्कार कोषले २०८०/२०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने...