आगोले जलेर गर्भवती महिला अशक्त - Naya Online

आगोले जलेर गर्भवती महिला अशक्त

पथरी (मोरङ), १२ असार । शरीर जलेर उहाँ पूरै असक्त हुनुहुन्छ । मुस्किलले हिँडडुल गर्नुहुन्छ । घाँटीदेखि कम्मरसम्म डढेर कालै भएको छ । चिकित्सकले उहाँलाई प्लास्टिक सर्जरी गर्न सल्लाह दिएका छन् । तर, रकम अभावले घरमै थलिएर बसिरहनुभएको छ ।

मोरङ, उर्लाबारी–६ मङ्गलबारेकी ३३ वर्षीया कुमारी राईले यस्तो कारुणिक पीडा भोगिरहनुभएको छ । गत पुस १२ गते घर छेउकै कटेरोमा सुँगुरलाई चारो पकाउँदै गर्दा अचानक उहाँको सारीमा आगो सल्किएर यस्तो दुर्दशा भएको हो ।

“हुरी बतास चलिरहेको थियो । सँुगुरलाई चारो पकाउँदै थिएँ । पोलिस्टरको सारी लगाएकी थिएँ । कतिखेर आगो सल्किएछ थाहै पाइनँ । सारीमा आगो सल्किएपछि शरीर जलेर बिहोस भएँ । अस्पताल पुगेपछि मात्र थाहा पाएँ शरीर बेस्सरी चरचर पोलिरहेको थियो । कम्मर, पेट र घाँटी डढेर कालो भएको थियो” – मलिन स्वरमा कुमारीले भन्नुभयो ।

आगोले शरीर जलेपछि आफन्तले उहाँलाई झापाको भद्रपुरस्थित मेची अस्पताल पु¥याए । तीन महिना उपचार गरेपछि अस्पतालले घर पठायो । त्यतिखेर ऋण र सरसहयोग जुटाएर भेला गरेको रु ३५ हजार सिद्धियो । चिकित्सकले प्लास्टिक सर्जरी गर्नु भनेका छन् । तर, अहिले प्लास्टिक सर्जरी गर्ने उहाँसँग रकम छैन ।

उर्लाबारी मङ्गलबारे बजार उत्तरपट्टि सात धुर जग्गामा बनेको सानो झुपडीबाहेक आफूहरुको कुनै सम्पत्ति नभएको कुमारीका पति देशबहादुर राईले बताउनुभयो ।

कुमारीको प्लास्टिक सर्जरी गर्न धरान अथवा काठमाडौँ लानुपर्ने र करिब रु छ लाख खर्च लाग्ने चिकित्सकले जानकारी दिएको उहाँले बताउनुभयो ।

आगोले शरीर जलेर अशक्त बनेकी कुमारी अहिले गर्भवती हुनुहुन्छ । उहाँ गर्भवती भएको नौ महिना पुग्न लागेको पति देशबहादुरको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...