चुनौती - Naya Online

चुनौती

kaman dewan

कमन देवान


मुखाग्रा पारिएकै हो
लिपिमा पढाइएकै हो
कानुनमा थिचाइएकै हो
मेरो नाममा जारी
राज्यका हरेक उर्दीमा
लेखिएकै हो –
म स्वाँठ, तिघ्रे, खर्पने, जङ्गली ।
मेरो आवादी खोसिँदा पनि
मेरो आजादी साँघुरिदा पनि
नतमस्तक
निरिह हुनुको प्रमाण भएर
मैले चुपचाप सहेरै आएको हो
उसले ममाथि गरेको बर्बरतापूर्ण आतङ्क ।
मेरो सभ्यतामा डढेलो लाएर
उसले तापेको बदलाको आगो
मेरो मर्ममा झिर रोपेर
उसले नाचेको भृङ्गी नाच
सबै सबैलाई प्रतिवाद नै नगरि
मैले मौनतामै मानेकै हो, स्वामि उसलाई ।
उसको महाअष्ठमीमा
मैले भित्तोमा छापेका रक्तपञ्जा
उसको आदेशमा मन नपरि नपरि
मैले सजाएको नगरा निशाना
उसको कैफियतमा नरहला
मेरा भग्नावशेष भित्तोहरुमा
अझै बाँकी छन् अबोध रगतका टाटा ।
उसको मनलाग्दी राष्ट्रतामा
मेरो सभ्यताको अस्मिता लुटिँदा पनि
मेरो संस्कृतिको टुँडिखेलमा
उसले नाचेको घोँडेजात्रा मलाई याद छ
मलाई दास करार गरेर
ऊ महाराज भएको घोषणा मलाई याद छ
उसका अघि म तुच्छ हुनुमा विरोध छैन
उसका अघि म निरिह हुनुमा आक्रोश छैन ।
तर,
बारम्बार भन्छु र भनिरहन्छु
ममाथि थोपरिएको एकल र नश्लीय राष्ट्रता
न हिँजो, नआज र न भोलि
मलाई कहिल्यै सह्य थिएन र छैन ।
जुन राष्ट्रताले मलाई बिरुप बनायो
आवाजविहीन बनायो
पहुँचविहीन बनायो
र, मात्र बाँकी राख्यो
कुपषेणयुक्त मानव कंकालका रुपमा ।
म त्यो राष्ट्रताको शिरमा
घृणायुक्त भावमा मुतिदिन्छु
ओ ! एकात्मक राष्ट्र
यो एउटा उत्पीडितको चुनौति तिमीलाई ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

युपारुङ

जानु काम्बाङ लिम्बु पथाङको फेरोमा युपारुङ बाँधेर जीवन साट्नभन्दा पहिले म धर्ती र तिमी...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

संस्मरण: मध्य असारको त्यो ‘वृहत हतुवागढी साहित्य उत्सव……’

प्रकाश दिप्साली राई कुनैबेला हतुवागढीमा बाक्लो साहित्यिक ठुलै उत्सव महोत्सवहरू हुने गथ्र्यो । देशकै...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...