मिथिला कलामा नयाँ आविष्कार - Naya Online

मिथिला कलामा नयाँ आविष्कार

काठमाडौंँ, ११ असार । मिथिला जनजीवनका विविध आयाम र परिवेश झल्किने चित्रको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा भइरहेको छ ।
मिथिला नारीको सामाजिक मनोदशालाई केलाउँदै बनाइएका चित्रमा रङ र विषय संयोजनमा कलाकारको सबल सचेतनाले काम गरेको पाइन्छ । मिथिला लोककला शैलीलाई आधुनिक रुपमा ढाल्दै कलाकार उमेश साहले बनाएका ‘ परम्परागत विचारमा नयाँ आविष्कार’ शीर्षकमा प्रदर्शनी गरिएको हो ।
नारीका विविध पक्षलाई रङ र तुलिकाका माध्यमबाट पस्किँदै साहले मिथिला समाजको सांस्कृतिक तथा सामाजिक अवस्थाको चित्रण गर्ने प्रयास गरेको पाइन्छ । दिनदैनिकीका विषय, पे्रमिल र यौन मनोविज्ञानका विषयलाई समेत उनले कलात्मक रुपमा क्यानभासमा उधिनेका छन । ऐना अगाडि बसेकी नारी विम्बका चित्रहरु कलाकारले धेरै बनाएका छन । त्यस्तै सुनौला माछा समातिरहेका नारी चित्र समेत उनले प्रदर्शनीमा राखेका छन् ।
घैलामा पानी बोकिरहेकी नारीका चित्रमा मिथिला समाजको सामाजिक मनोदशालाई कलाकारले केलाउने कोसिस गरेको देखिन्छ । कलाकार तथा कला विश्लेषक मदन चित्रकार भन्न्नुहुन्छ, “मिथिला क्षेत्रको लोककलालाई आधुनिक शैलीमा निकै कलात्मक रुपमा साहले पस्कनुभएको छ, आफ्नो सशक्त कलात्मक चेतनालाई सबलताका साथ क्यानभासमा साहले उतार्न सक्नुभएको छ ।”
शाहका कलामा मिथिला परिवेश र त्यसको सामाजिक अवस्थाको कलात्मक चित्रण भएको सिद्धार्थ ग्यालरीका सञ्चालक सङ्गीता थापाले बताउनुभयो । मिथिला समाजको विषयलाई क्यानभासमा उतारी यही असार २ देखि सुरु गरिएको प्रदर्शनी असार १६ सम्म रहनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...