मिथिला कलामा नयाँ आविष्कार - Naya Online

मिथिला कलामा नयाँ आविष्कार

काठमाडौंँ, ११ असार । मिथिला जनजीवनका विविध आयाम र परिवेश झल्किने चित्रको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा भइरहेको छ ।
मिथिला नारीको सामाजिक मनोदशालाई केलाउँदै बनाइएका चित्रमा रङ र विषय संयोजनमा कलाकारको सबल सचेतनाले काम गरेको पाइन्छ । मिथिला लोककला शैलीलाई आधुनिक रुपमा ढाल्दै कलाकार उमेश साहले बनाएका ‘ परम्परागत विचारमा नयाँ आविष्कार’ शीर्षकमा प्रदर्शनी गरिएको हो ।
नारीका विविध पक्षलाई रङ र तुलिकाका माध्यमबाट पस्किँदै साहले मिथिला समाजको सांस्कृतिक तथा सामाजिक अवस्थाको चित्रण गर्ने प्रयास गरेको पाइन्छ । दिनदैनिकीका विषय, पे्रमिल र यौन मनोविज्ञानका विषयलाई समेत उनले कलात्मक रुपमा क्यानभासमा उधिनेका छन । ऐना अगाडि बसेकी नारी विम्बका चित्रहरु कलाकारले धेरै बनाएका छन । त्यस्तै सुनौला माछा समातिरहेका नारी चित्र समेत उनले प्रदर्शनीमा राखेका छन् ।
घैलामा पानी बोकिरहेकी नारीका चित्रमा मिथिला समाजको सामाजिक मनोदशालाई कलाकारले केलाउने कोसिस गरेको देखिन्छ । कलाकार तथा कला विश्लेषक मदन चित्रकार भन्न्नुहुन्छ, “मिथिला क्षेत्रको लोककलालाई आधुनिक शैलीमा निकै कलात्मक रुपमा साहले पस्कनुभएको छ, आफ्नो सशक्त कलात्मक चेतनालाई सबलताका साथ क्यानभासमा साहले उतार्न सक्नुभएको छ ।”
शाहका कलामा मिथिला परिवेश र त्यसको सामाजिक अवस्थाको कलात्मक चित्रण भएको सिद्धार्थ ग्यालरीका सञ्चालक सङ्गीता थापाले बताउनुभयो । मिथिला समाजको विषयलाई क्यानभासमा उतारी यही असार २ देखि सुरु गरिएको प्रदर्शनी असार १६ सम्म रहनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...