सङ्क्रमितले स्वस्थ्य बच्चा जन्माए - Naya Online

सङ्क्रमितले स्वस्थ्य बच्चा जन्माए

रुपन्देही (तिलोत्तमा), ११ असार । लुम्बिनी अञ्चल अस्पतालमा बुटवलमा एचआइभी सङ्क्रमित सात महिलाले स्वस्थ्य बच्चा जन्माएका छन् ।

अञ्चल अस्पताल बुटवलका मेडिकल विभाग प्रमुख विकास देवकोटाले दुई वर्षको अवधिमा नियमित औषधि सेवन गरेका गर्भवती महिलाले एचआइभी सङ्क्रमित नभएका सात जना बच्चा जन्माएको बताउनुभयो ।

उहाँले औषधि सेवन गरेका एचआइभी सङ्क्रमितले एआरभी सेवन गरेपछि रोग सर्न सक्ने सम्भावना चार प्रतिशत मात्र रहने भन्दै सङ्क्रमितले बच्चा जन्माउन चाहेमा आमाबाट बच्चामा रोग सर्न नदिने औषधि सेवन गराई सुरक्षितरुपमा बच्चा जन्माउन सकिने बताउनुभयो ।

अस्पतालमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले परामर्शको आधारमा यहाँबाट नियमित एचआइभी एड्सको औधषि सेवन गरेका महिलाले एचआइभी नलागेका बच्चा जन्माउने गरेका हुन् ।

एएच नेपालले लुम्बिनी अञ्चल अस्पतालमा नेपाल सरकारसँग सहकार्य गरी एचआइभी सङ्क्रमितलाई सेवा दिने गरेको छ । उक्त सेवाअन्तर्गत ती बच्चा जन्माइएको हो । सोही कार्यक्रमअन्तर्गत अञ्चल अस्पताल बुटवलमा अहिलेसम्म ८४२ जनाले औषधि सेवन गरेको तथ्याङ्क छ । त्यसमा ३०० बाहिर गएको र १६० जनाको मृत्यु भएको कार्यक्रममा एआरटी संयोजक धर्मराज भट्टराईले बताउनुभयो ।

उक्त संस्थाले देशका पाँच स्थानमा सेवा प्रदान गर्दै आएको छ । उक्त अस्पतालमा रुपन्देही, कपिलवस्तु, पाल्पा जिल्लामा एचआइभी सङ्क्रमित समेत नियमित औधषि सेवन तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...