बुटवल, ११असार । प्रहरीले हतियारसहित रुपन्देहीको लुम्बिनीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।
लुम्बिनीस्थित बुद्ध गार्डेन होटलबाट शुक्रबार राति लुम्बिनी सांस्कृतिक नगरपालिकाको एकला निवासी जमाल मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रातिको समयमा हतियारसहित होटलमा बसिरहेका बेला इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले मुसलमानका साथबाट कटुवा पेस्तोल बरामद गरेको छ । उनलाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।