‘तागानु हाङजाङले’मा रोमियन देखिँदै - Naya Online

‘तागानु हाङजाङले’मा रोमियन देखिँदै

romiyanकाठमाडौ, ११ असार । कुनैबेला परिवारको अस्वीकृतिमै पाण्डवलगायत चलचित्रमा अभिनय गरेकी रोमियन लिम्बू वनेमले बेलायत पुगिन् । लामो समय घरगृहस्थीमै बिताएता पनि ‘नागबेली’ जस्तो बहुप्रतिक्षित चलचित्र निर्माण गरेर यस क्षेत्रमा फर्किन् । लगत्तै ‘भूपू लाहुरे’ चलचित्रमा अभिनय गरेकी उनी म्युजिक भिडियो ‘तागानु हाङजाङ’मार्फत देखिँदैछिन् ।
‘तागानु हाङजाङले’ राजू आङदेम्बेको शब्द गायीका जसोदा सुब्बाको स्वर, निर्देशक लोकेन साबा, क्यामेरा अर्जुन तिवारी समुहद्वारा काठमाडौको बिभिन्न ठाउँमा छायाङकन गरिएको छ भने भिडियो साउन पहिलो हप्ताभित्र सार्वजनिक हुनेछ ।
बेलायत बस्दै आईरहेकी रोमियन लिम्बू छोटो छुट्टीमा नेपाल बसाईको समयलाई सदुपयोग गर्दै उक्त भिडियो अभिनय गरेकी हुन् । आफ्नो भाषा लिपी र संस्कृतिलाई जगेर्ना गर्न मरिहत्ते गर्ने उनले अन्य म्युजिक भिडियामा पनि अभिनय गरिसकेकी छिन् । आगामी दिनमा अभिनय नगरेर नेपाली चलचित्र साथै लिम्बु चलचित्र समेत निर्माण गर्ने बताएकी छिन् ।

तस्वीरः सुक तुम्रोक

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...

गाउँ आएको बाटोः विश्मयकारी विकासको आँखीझ्याल !

-हिरादेवी वाइबा नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ...

प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’मा रीमा विश्वकर्मा

काठमाडौँ । गीतकाकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’...

डा.डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’...

बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मीप्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक

तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु...

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...

देशको कथा समेटिएको गीत भ्रष्टाचारी युट्युवमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको...

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ ।...