घट्दो क्रममा मानव अधिकार उलङ्घनका घटना - Naya Online

घट्दो क्रममा मानव अधिकार उलङ्घनका घटना

सन्देश सुब्बा/१० असार
पाँचथर/विगतका वर्षको तुलनामा जिल्लामा मानवअधिकार उल्लङ्घन र हनन्का घटनामा कमि आएको एक तथ्याङ्कले देखाएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले शुक्रबार फिदिममा सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत वर्षको पहिलो ६ महिनामा जिल्लामा २४ वटा मानव अधिकार विरुद्धका घटना घटेकोमा यो वर्ष १९ वटा मात्र त्यस्ता घटना पाइएको छ । तीमध्ये राज्य पक्षबाट २ वटा र गैर राज्यपक्षबाट १७ वटा घटना घटेको हो । ती घटनाहरूमा नागरिक तथा राजनीतिक अधिकारका ३, महिला अधिकारका ८ र वाल अधिकार विरुद्धका ८ वटा घटना रहेका छन् । पीडित हुनेमा पूरुष भन्दा महिला बढी रहेका छन् ।
मानव अधिकार उलङ्घनका घटनामा कमि आउँनुमा नागरिकहरूमा चेतनाको स्तर बढ्नु सँगै यस्ता घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याईनु प्रमुख कारण रहेको बताइएको छ । मानवधिकार वर्ष पुस्तक २०१७ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम अन्तर्गत इन्सके प्रतिनिधि मंगल बेघाले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दल र सुरक्षा निकाय र अधिकारवादी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...