घट्दो क्रममा मानव अधिकार उलङ्घनका घटना - Naya Online

घट्दो क्रममा मानव अधिकार उलङ्घनका घटना

सन्देश सुब्बा/१० असार
पाँचथर/विगतका वर्षको तुलनामा जिल्लामा मानवअधिकार उल्लङ्घन र हनन्का घटनामा कमि आएको एक तथ्याङ्कले देखाएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले शुक्रबार फिदिममा सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत वर्षको पहिलो ६ महिनामा जिल्लामा २४ वटा मानव अधिकार विरुद्धका घटना घटेकोमा यो वर्ष १९ वटा मात्र त्यस्ता घटना पाइएको छ । तीमध्ये राज्य पक्षबाट २ वटा र गैर राज्यपक्षबाट १७ वटा घटना घटेको हो । ती घटनाहरूमा नागरिक तथा राजनीतिक अधिकारका ३, महिला अधिकारका ८ र वाल अधिकार विरुद्धका ८ वटा घटना रहेका छन् । पीडित हुनेमा पूरुष भन्दा महिला बढी रहेका छन् ।
मानव अधिकार उलङ्घनका घटनामा कमि आउँनुमा नागरिकहरूमा चेतनाको स्तर बढ्नु सँगै यस्ता घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याईनु प्रमुख कारण रहेको बताइएको छ । मानवधिकार वर्ष पुस्तक २०१७ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम अन्तर्गत इन्सके प्रतिनिधि मंगल बेघाले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दल र सुरक्षा निकाय र अधिकारवादी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...