इलाममा अझै पाठ्यपुस्तक पुगेन - Naya Online

इलाममा अझै पाठ्यपुस्तक पुगेन

इलाम, १० असार । शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा पनि इलाममा अझै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

जिल्लाका धेरैजसो विद्यालयमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक, कक्षा ७ का धेरै विषयका पाठ्यपुस्तक, कक्षा ९ को अर्थशास्त्र अभाव भएको हो । अन्य विषयको पढाइ निक्कै अघि बढ्दा समेत माईपोखरीस्थित बालमण्डल माविमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक र कक्षा ७ को पेसा व्यवसाय विषयको नयाँ पाठ्यपुस्तक छैन ।

“बारम्बार पाठ्यपुस्तक लिन जिल्ला आयो, कहीँ पाइँदैन,” बालमण्डल माविका प्रधानाध्यापक टीकानाथ पौडेलले भन्नुभयो, “पुस्तक नपाएपछि पुरानै पुस्तक पढाउनुपर्छ, विद्यार्थीले किन्न धरी पाएका छैनन् ।”

सोयाङस्थित सरस्वती माविको कक्षा ७ मा विज्ञान विषय बाहेकका कुनै पनि विषयको पढाइ भएको छैन । अन्य विषयको पाठ्यपुस्तक अभावले गर्दा पढाइ हुन नसकेको विद्यालयले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले नै समयमा पुस्तक नपाउँदा व्यवसायी समेत चिन्तित बनेको तेह्रथुम पुस्तक पसलका प्रोपाइटर टङ्क धमलाले भन्नुभयो ।

कुनै कुनै विषय त एकै पटक नआएको समेत उहाँले बताउनुभयो । अहिले विद्यालयमा पहिलो त्रैमासिक परीक्षा हुने समय भएको छ । केही विद्यालयले पहिलो त्रैमासिक परीक्षाको मिति तोकिसकेका छन् भने केहीले तयारी गर्दैछन् । त्रैमासिक परीक्षा आउन लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक अभाव हुनाले विद्यार्थीको पढाइमा समस्या भएको छ ।

जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै विद्यालयलाई पाठ्यपुस्तक खरिदका लागि गत फागुन महिनामै ७५ प्रतिशत बजेट निकासा दिएको थियो । कार्यालयका शाखा अधिकृत निर्मल ढुङ्गेलले प्रायजसो विद्यालयमा पाठ्यपुस्तक पुगिसके पनि केहीमा पुग्न बाँकी रहेको बताउनुभयो ।

“कुनै–कुनै विषय र प्रायः कक्षा ७ का केही विषय नपुगेको जानकारी आएको छ”, उहाँले भन्नुभयो । पुस्तक खरिदका लागि फागुनमा ७५ प्रतिशत बजेट दिएर अपुग भएको रकम माग्न विद्यालयलाई भनिएकोमा एकसय चारवटा विद्यालयले थप २५ प्रतिशत रकम पनि माग गरेर लगिसकेको जिशिकाले जनाएको छ । अपुग पुस्तक पनि जनक शिक्षा सामग्री केन्द्रले छापेर पठाउनुपर्नेमा किन ढिलो गरेको हो भन्ने थाहा नभएको उहाँको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...