इलाममा अझै पाठ्यपुस्तक पुगेन - Naya Online

इलाममा अझै पाठ्यपुस्तक पुगेन

इलाम, १० असार । शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा पनि इलाममा अझै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

जिल्लाका धेरैजसो विद्यालयमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक, कक्षा ७ का धेरै विषयका पाठ्यपुस्तक, कक्षा ९ को अर्थशास्त्र अभाव भएको हो । अन्य विषयको पढाइ निक्कै अघि बढ्दा समेत माईपोखरीस्थित बालमण्डल माविमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक र कक्षा ७ को पेसा व्यवसाय विषयको नयाँ पाठ्यपुस्तक छैन ।

“बारम्बार पाठ्यपुस्तक लिन जिल्ला आयो, कहीँ पाइँदैन,” बालमण्डल माविका प्रधानाध्यापक टीकानाथ पौडेलले भन्नुभयो, “पुस्तक नपाएपछि पुरानै पुस्तक पढाउनुपर्छ, विद्यार्थीले किन्न धरी पाएका छैनन् ।”

सोयाङस्थित सरस्वती माविको कक्षा ७ मा विज्ञान विषय बाहेकका कुनै पनि विषयको पढाइ भएको छैन । अन्य विषयको पाठ्यपुस्तक अभावले गर्दा पढाइ हुन नसकेको विद्यालयले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले नै समयमा पुस्तक नपाउँदा व्यवसायी समेत चिन्तित बनेको तेह्रथुम पुस्तक पसलका प्रोपाइटर टङ्क धमलाले भन्नुभयो ।

कुनै कुनै विषय त एकै पटक नआएको समेत उहाँले बताउनुभयो । अहिले विद्यालयमा पहिलो त्रैमासिक परीक्षा हुने समय भएको छ । केही विद्यालयले पहिलो त्रैमासिक परीक्षाको मिति तोकिसकेका छन् भने केहीले तयारी गर्दैछन् । त्रैमासिक परीक्षा आउन लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक अभाव हुनाले विद्यार्थीको पढाइमा समस्या भएको छ ।

जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै विद्यालयलाई पाठ्यपुस्तक खरिदका लागि गत फागुन महिनामै ७५ प्रतिशत बजेट निकासा दिएको थियो । कार्यालयका शाखा अधिकृत निर्मल ढुङ्गेलले प्रायजसो विद्यालयमा पाठ्यपुस्तक पुगिसके पनि केहीमा पुग्न बाँकी रहेको बताउनुभयो ।

“कुनै–कुनै विषय र प्रायः कक्षा ७ का केही विषय नपुगेको जानकारी आएको छ”, उहाँले भन्नुभयो । पुस्तक खरिदका लागि फागुनमा ७५ प्रतिशत बजेट दिएर अपुग भएको रकम माग्न विद्यालयलाई भनिएकोमा एकसय चारवटा विद्यालयले थप २५ प्रतिशत रकम पनि माग गरेर लगिसकेको जिशिकाले जनाएको छ । अपुग पुस्तक पनि जनक शिक्षा सामग्री केन्द्रले छापेर पठाउनुपर्नेमा किन ढिलो गरेको हो भन्ने थाहा नभएको उहाँको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...