लोमान्थाङ दरबारको स्थानीयबाटै पुनःनिर्माण - Naya Online

लोमान्थाङ दरबारको स्थानीयबाटै पुनःनिर्माण

Lomanthang-Palace

मुस्ताङ, १० असार । गत वर्ष वैशाख १२ गतेको भूकम्पले जीर्ण भएको लोमान्थाङ दरबारको पुनःनिर्माण सुरु भएको छ । लोमान्थाङका स्थानीयवासी र जर्मन नागरिकको व्यक्तिगत सहयोगमा लोमान्थाङ दरबारको उत्तरपट्टिको भाग मर्मत गर्न लागिएको हो ।

लामो समयदेखि सरकारी बजेटको आश गरेका लोमान्थाङवासीले जीर्ण भाग खसेर छेउका घर र गुम्बालाई क्षति पु¥याउने देखेपछि पुनःनिर्माण गर्न लागिएको हो । माटो र काठ प्रयोग गरेर जनश्रमदानबाटै स्थानीयवासीले दरबार पुनःनिर्माण गर्न लागेको स्थानीय अगुवा इन्द्रधारा विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले दरबार पुनःनिर्माणका लागि सरकारले आश्वासन दिएपनि अहिलेसम्म बजेट प्राप्त भएको छैन । “बरु जर्मन साथीहरुले केही रकम सहयोग गर्नुभयो, त्यसबाट सामान किन्यौँ, बाँकी सबै श्रमदान हो”, उहाँले भन्नुभयो । १५औँ शताब्दीमा विशेष प्रकारका माटोले निर्मित लोमान्थाङ दरबारको उत्तर र पश्चिमपट्टिको भागमा ठूलो चिरा छ ।

भूकम्पले ऐतिहासिक महत्व बोकेको दरबारलाई क्षति पु¥याएपछि पूर्वराजपरिवारका सदस्यहरु पनि चिन्तित छन् । विसं २०६२ सालदेखि निष्क्रिय रहेका पूर्वमुस्ताङ्गी राजा जिग्मे परवल विष्ट बिरामी भएर काठमाडौँमा उपचार गराइरहे पनि उनले विभिन्न माध्यमबाट चिन्ता व्यक्त गर्ने गरेको लामो समय दरबारनजिक रहेर काम गरेका इन्द्रधारा विष्टको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

कोशी लेखिएको लेटरप्याड, बोर्ड नचलाउन पालिकालाई आग्रह

पाँचथर, २० चैत । पाँचथरको कुम्मायक गाउपालिकामा प्रदेश नम्बर १ को कोशी नामाङ्कन खारेज...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

औला काट्ने आश्वासन दिने मन्त्रीलाइ लखेटे जनताले

काठमाडौं -१ नम्बर प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिएका छन् । पाथीभरा बहुमुखी क्याम्पसको...

प्रनेश लिम्बुको शब्द,सेमिहाङ लिम्बुको स्वरमा ‘फोक्वामे’ गीत सार्वजनिक

सुखिम – लिम्बू भाषाको गीत ‘फोक्वामे’ को अडियो गीत सार्वजनिक भएको छ । शनिबार...

नेपाली कथानक चलचित्र ‘युक्पुङ’ सम्पादनमा

धरान – नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मङ्गलबार धरानमा...