लोमान्थाङ दरबारको स्थानीयबाटै पुनःनिर्माण - Naya Online

लोमान्थाङ दरबारको स्थानीयबाटै पुनःनिर्माण

Lomanthang-Palace

मुस्ताङ, १० असार । गत वर्ष वैशाख १२ गतेको भूकम्पले जीर्ण भएको लोमान्थाङ दरबारको पुनःनिर्माण सुरु भएको छ । लोमान्थाङका स्थानीयवासी र जर्मन नागरिकको व्यक्तिगत सहयोगमा लोमान्थाङ दरबारको उत्तरपट्टिको भाग मर्मत गर्न लागिएको हो ।

लामो समयदेखि सरकारी बजेटको आश गरेका लोमान्थाङवासीले जीर्ण भाग खसेर छेउका घर र गुम्बालाई क्षति पु¥याउने देखेपछि पुनःनिर्माण गर्न लागिएको हो । माटो र काठ प्रयोग गरेर जनश्रमदानबाटै स्थानीयवासीले दरबार पुनःनिर्माण गर्न लागेको स्थानीय अगुवा इन्द्रधारा विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले दरबार पुनःनिर्माणका लागि सरकारले आश्वासन दिएपनि अहिलेसम्म बजेट प्राप्त भएको छैन । “बरु जर्मन साथीहरुले केही रकम सहयोग गर्नुभयो, त्यसबाट सामान किन्यौँ, बाँकी सबै श्रमदान हो”, उहाँले भन्नुभयो । १५औँ शताब्दीमा विशेष प्रकारका माटोले निर्मित लोमान्थाङ दरबारको उत्तर र पश्चिमपट्टिको भागमा ठूलो चिरा छ ।

भूकम्पले ऐतिहासिक महत्व बोकेको दरबारलाई क्षति पु¥याएपछि पूर्वराजपरिवारका सदस्यहरु पनि चिन्तित छन् । विसं २०६२ सालदेखि निष्क्रिय रहेका पूर्वमुस्ताङ्गी राजा जिग्मे परवल विष्ट बिरामी भएर काठमाडौँमा उपचार गराइरहे पनि उनले विभिन्न माध्यमबाट चिन्ता व्यक्त गर्ने गरेको लामो समय दरबारनजिक रहेर काम गरेका इन्द्रधारा विष्टको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...