लक्ष्यभन्दा बढी राजस्व सङ्कलन - Naya Online

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चितवन, ९ असार । भूकम्प र नाकाबन्दीका कारण विगतका महिनामा राजस्व सङ्कलनमा निकै गिरावट आएको यहाँको आन्तरिक राजस्व कार्यालय भरतपुरमा यस आवको अन्त्यतिर भने राजस्व सङ्कलन लक्ष्यभन्दा बढी भएको छ ।

कार्यालयले गत जेठ मसान्तसम्ममा रु १० अर्ब ६५ करोड १६ लाख ९४ हजार राजस्व सङ्कलन गरेको छ । गएको ११ महिनामा लक्ष्य रु १० अर्ब ३२ करोड ४० लाख तीन हजार थियो । लक्ष्यको १०३ दशमलव १७ प्रतिशत राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको छ ।

जेठमा मात्रै रु एक अर्ब १० करोड ६४ लाख ७४ हजार लक्ष्य रहेकामा रु एक अर्ब ५९ करोड ३६ लाख ५४ हजार अर्थात १४४ दशमलव ३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कर अधिकृत गुणराज पोखरेलका अनुसार नाकाबन्दी र भूकम्पका कारण पहिलो चौमासिकमा राजस्व सङ्कलनमा लक्ष्यको २५ प्रतिशत कमी आएको थियो ।

पहिलो चार महिनामा रु तीन अर्ब ६८ करोड ८४ लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा रु दुई अर्ब ७७ करोड ४८ लाख मात्र सङ्कलन भएको थियो । सबैभन्दा बढी अन्तःशुल्कमा प्रभाव परेको थियो । साउनदेखि कात्तिकसम्म अन्तःशुल्कमा रु तीन अर्ब १८ करोड लक्ष्य राखिएकोमा रु दुई अर्ब १७ करोड अर्थात् ६८ दशमलव ३२ प्रतिशत मात्र प्रगति भएको थियो ।

यहाँका दुई मेडिकल कलेजले स्वास्थ्य सेवा कर ठूला करदाता कार्यालय काठमाडौँमा दाखिला गरेपछि स्वास्थ्य सेवा करको लक्ष्य अपुग भएको छ । जेठ मसान्तसम्मको लक्ष्य रु सात करोड ७५ लाख ४२ हजार रहेकोमा रु तीन करोड ८२ लाख ७२ हजार मात्रै सङ्कलन भएको छ । अन्य आय कर, घरबहाल कर, ब्याजकर, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा कर सबैमा लक्ष्य नाघेको छ ।

“अन्तःशुल्कमा गत वर्षको भन्दा दर बढेकाले राजस्वमा वृद्धि भएको हो,” कर अधिकृत पोखरेलले भन्नुभयो । यस वर्षको असार मसान्तसम्म रु ११ अर्ब ७७ करोड १४ लाख १२ हजार लक्ष्य लिइएको छ । लक्ष्यको १०५ प्रतिशत राजस्व सङ्कलन हुने अपेक्षा गरिएको छ । गत वर्ष रु नौ अर्ब ९६ करोड ३९ लाख २१ हजार अर्थात् लक्ष्यको १०७ दशमलव २१ प्रतिशत राजस्व असुली भएको थियो ।

आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख टीकाराम भुसालले नाकाबन्दीको समयमा राजस्व सङ्कलनमा कडाइ गर्ने अवस्था नरहे पनि पछिल्लो समय बजार अनुगमन, राजस्व सङ्कलनलगायतमा निकै कडाइ गरेकै कारण राजस्व वृद्धि भएको बताउनुभयो । पहिलो चौमासिकमा राजस्व सङ्कलनमा निकै गिरावट आएका कारण पछिल्ला महिनामा बढेको राजस्वले पूर्ति गर्न सफल भएको हो । यहाँ करिब छ हजार करदाता रहेका बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...