अफगानिस्तानमा ज्यान गुमाएका क्षेत्री र गुरुङको अन्तिम संस्कार - Naya Online

अफगानिस्तानमा ज्यान गुमाएका क्षेत्री र गुरुङको अन्तिम संस्कार

पोखरा, ९ असार । अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहकोे विस्फोटनमा परी मृत्यु भएका पर्वत कार्कीनेटा गाविस वडा नं ६ का नवीनबहादुर क्षेत्री र स्याङ्जाको कोल्मा गाविस वडा नं ५ कल्स्याङ्दीका सुकबहादुर गुरुङको आज पोखरामा अन्तिम संस्कार गरिएको छ ।

पोखरास्थित रामघाटमा क्षेत्री र गुरुङको आ–आफ्नै जातीय संस्कारअनुसार अन्तिम संस्कार गरिएको हो ।

क्षेत्रीलाई उहाँका साहिला भाइ दण्डबहादुरले दागबत्ती दिनुभएको थियो । क्षेत्रीको अन्तिम संस्कारमा सहभागी हुन उहाँका आफन्तहरू रामघाट पुगेका थिए ।

नवीन क्षेत्रीको मृत्युको खबरले उहाँको परिवार र कार्कीनेटावासी सबै शोकमा डुबेको उहाँका छिमेकी माधवप्रसाद शर्माले बताउनुभयो ।

यसअघि सशस्त्र प्रहरी बलमा कार्यरत गुरुङ २०६५ सालदेखि अफगानिस्तानमा सेक्युरिटी गार्डमा रोजगारीका लागि जानुभएको थियो । उहाँ समय समयमा घरमा आउने जाने क्रममा गत जेठ २८ गते अफगानिस्तान जानुभएको थियो ।

कार्कीनेटा गाविस–६ घर भएका डम्बरबहादुर घर्तीका छोरा नवीन परिवारका माइला छोरा हुनुहुन्छ ।

बाबुको मृत्यु भइसकेको छ भने परिवारमा आमासहित एक श्रीमती र एक छोरी छन् । उनको श्रीमती र छोरी पनि काठमाडौँमा नै बस्दै आएको शर्माले जानकारी दिनुभयो ।

लामो समय सशस्त्र प्रहरी बलमा कार्यरत रहे पनि अझै राम्रो आम्दानी गर्ने र घरपरिवारलाई सुखी बनाउने, छोरीको शिक्षादीक्षा राम्रोसँग गरौँला भन्ने सपना बोकेर क्षेत्री विदेशिनुभएको थियो ।

अहिले कार्कीनेटामा रहेको घरमा उनकी वृद्ध आमा बत्तीकुमारी मात्रै बस्दै आउनुभएको छ ।

उहाँको शव बुधबार ५.३० बजे हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । अन्तिम संस्कार गर्ने क्रममा रामघाटमा अचानक बेहोस भएकी उहाँकी श्रीमती सरस्वतीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको छ ।

अफगानिस्तानको सोही घटनामा ज्यान गुमाएका स्याङ्जाको कोल्मा गाविस वडा नं ५ कल्स्याङ्दीका सुकबहादुर गुरुङको आफ्नै जातीय संस्कारअनुसार रामघाटस्थित बौद्ध अघौँ सदन पोखरामा आजै अन्तिम संस्कार गरिएको गुरुङका दाइ कृष्णप्रसाद गुरुङले जानकारी दिनुभयो ।

विगत नौ वर्षदेखि काबुलमा सुरक्षा गार्डका रुपमा कार्यरत उहाँ बीचमा नेपाल आएर अफगानिस्तान फर्केको चार महिना मात्र भएको उहाँका साला दुर्गा खरेलले जानकारी दिनुभयो ।

उहाँका आफन्त कर्णेल कृष्णबहादुर गुरुङका अनुसार स्व गुरुङ त्रिभुवन आर्मी क्लबका फुटवल खेलाडीसमेत हुनुहुन्थ्यो ।

एक आमा, श्रीमती, एक छोरा र छोरी रहेको गुरुङको निधनले परिवारजन र कल्स्याङ्दी गाउँ शोकमा डुबेको उहाँले बताउनुभयो ।

मृतक गुरुङको शव बुधबार हेलिकप्टरमार्फत दिउँसो पोखरा ल्याइएको थियो । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...