अनलाइन निर्देशिका संशोधन गर्न सरोकारवालाको सुझाव - Naya Online

अनलाइन निर्देशिका संशोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौँ, ८ असार । सरकारले ल्याएको अनलाइन सञ्चालन निर्देशिका– २०७३ लाई यथास्थितिमा कार्यान्वयन नगर्न सरोकारवालाले माग गरेका छन् ।

नेपाल पत्रकार महासङ्घले यहाँ आज आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले सो निर्देशिकाका संविधानमा बाझिएका बुँदा हटाउन माग गरेका हुन् । निर्देशिका ल्याउनुभन्दाअघि पर्याप्त छलफल नगरिएको र अनलाइन मिडियालाई नियन्त्रण गर्ने कतिपय बुँदा रहेको सहभागीको गुनासो थियो ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मिडियालाई नियमन गर्न आफूहरु तयार रहेको तर नियन्त्रण गर्ने मनसायले आएको निर्देशिकालाई महासङ्घले स्वीकार गर्न नसक्ने बताउँदै संविधानतः सुनिश्चित भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई समेत निर्देशिकाले कुण्ठित गर्ने काम गरेको गुनासो गर्नुभयो ।

महासङ्घका पूर्वमहासचिव ओम शर्माले निर्देशिकामा गम्भीर त्रुटि र निरंकुशतावादी सोच देखिएकाले त्यसको फिर्ता गर्नुको विकल्प नरहेको बताउनुभयो । पञ्चायती शैलीभन्दा पनि कठोर निर्देशिका लोकतान्त्रिक सरकारले ल्याउनु विडम्बनापूर्ण रहेको भन्दै शर्माले खारेजीको माग गर्नुभयो ।

सञ्चार मन्त्रालयका सञ्चारविज्ञ मातृका पौडेलले निर्देशिका निर्माण गर्दा पर्याप्त मात्रामा सरोकारवालासँग छलफल हुन नसके पनि यसमा संशोधनका विषयमा सुझाव दिन महासङ्घलाई आग्रह गर्नुभयो ।

सञ्चार विज्ञ पवन आचार्यले मिडियाले गल्ती गरेमा सरकारले त्यसलाई नियन्त्रण गर्ने, खारेजसम्म गर्नसक्ने प्रावधान संविधानमा भएको व्यवस्थाको ठाडो उल्लङ्घन गरेकाले स्वीकार गर्न नहुने बताउनुभयो ।

प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपालले बिनाजानकारी, निर्देशिका ल्याइएकाले स्वीकार गर्न नसकिने बताउनुभयो ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले निर्देशिका नियतबस ल्याइएकाले खारेजीको विकल्प नरहेको बताउनुभयो । तत्कालका लागि खारेज गरेर पुनःपर्याप्त छलफल र बहस गरेर पुनर्लेखन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । छलफलमा अनलाइन सम्बद्ध संस्थाका प्रतिनिधि, पत्रकार महासङ्घका पदाधिकारी तथा सदस्य, विभिन्न सञ्चार सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...