भाइको बञ्चरो प्रहारले दाइ, भाउजू र भतिजा घाइते - Naya Online

भाइको बञ्चरो प्रहारले दाइ, भाउजू र भतिजा घाइते

भीमदत्तनगर, ८ असार । घरायसी विवादका कारण मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिकाका एक युवकले आफ्नै सहोदर दाजु, भाउजू र भतिजालाई बञ्चरो प्रहार गरी घाइते बनाएका छन् ।

वेदकोट नगरपालिका–६ का २२ वर्षीय विनोद रानाले घरायसी विवादका कारण २८ वर्षीय दाइ टीकाराम राना, २४ वर्षीय भाउजू जानकी राना र १२ वर्षीय भतिजा सुशान्त रानालाई बञ्चरो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

“पहिलेदेखि नै दाजु भाइको अंशलगायत घरायसी विवाद थियो”, स्थानीय भोज रानाले भन्नुभयो, “हिजो एक्कासि आक्रमण गरेको सुन्यौँ ।”

घाइतेको महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको छ । घाइतेमध्ये जानकी रानाको अवस्था गम्भीर रहेको छ । प्रहरीले आक्रमणमा संलग्न विनोद रानालाई नियन्त्रणमा लिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

७० बर्ष नाघेका कलाकारलाई पेन्सनको ब्यवस्था गर्न अक्षयकोष सन्चालाक समिती गठन

काठमाडौ – २६ भदौ २०८१ बुधबार । ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ ।...

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

चलचित्र ‘चे’को थत्थामा बोलको शिर्ष गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १५ भदौ २०८१ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’को...

चलचित्र ‘चे’को ख्याली गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १४ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको...

याक्थुङ मुन्चइत चोक सयङ्द्वारा तिनदिने तालिम सम्पन्न

काठमाडौ – १३ भदौ २०८१ मंगलबार । तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि...

‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सञ्चाल हुँदै

काठमाडौ – १० भदौ २०८१ सोमबार । ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम...

आदिवासी चलचित्र ‘चे’को शिर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – भदौ ८ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को...