फूलहरुलाई बिन्ती.....! - Naya Online

फूलहरुलाई बिन्ती…..!

dilippदिलिप राई सगर


ए सुन्दर फूल !
मान्छेका जस्ता अनुहारदेखी होशियार !
घाम पानी,खडेरी,
आँधी हुरी, तुषारो, असिना त केही हैन
मान्छे रुपी जनावारदेखी सतर्क !
जसले तिमिलाई
एकै छाक पार्न सक्छ ।

मान्छेले
आफ्नो मर्जिमा चल्ने बनाए ईस्वर
आफ्नो इच्छा र स्वार्थको लागि
जन्माए देवी देवताहरु
अनि मन्दिरमा कैद गरी राखेर
गाएका हुन भजन
आफ्नो सुखभोग र भलोको लागि
शक्ति माग्दै बलि दिएर
निर्दोष पशुपंछीहरु
……
कति स्वार्थी मान्छे
देवताभन्दा ठूलो मान्छे !

ए सुन्दर फूल !
तिमिलाई मेरो बिन्ती छ
आफ्नो मालिकै भरोशा नगर
दिनदहाडै सतित्व लुट्ला
तिमी ढुक्कसंग नसुत
रमाएर बाँच्ने सपना टुट्ला
ऐनाको शिसा झै
तिम्रो भाग्य फुट्ला ।

तिमीभित्रको इन्द्रधनुषी सपना
अनि सुन्दर फूलको संसार
केही निमेषमै खाक हुन के बेर ?

तिम्रो सुरक्षा खातिर
आउने छैनन कुनै सरकार
आउने छैनन कुनै प्रहरी र जेल
अाउने छैनन कुनै साथ दिने अड्डाअदालत
धाउने छैनन कुनै वकिल र कानुन
आए पनि
तिमी निदाएपछि आउलान
एक छिन उंधो मुन्टो लाएर
आँखाभरी आँसु टिल्पिलाएर
चुक्चुकाउन सिवाय
सुंक्सुकाउने केही सामर्थ छैन ।

तिम्रो शीर चेट
अनि
तिम्रो योनी छेदन भएपछि
तिम्रो बचाउ गर्न
तिनीहरु आईपुगेर के सार्थक ?
तिम्रो तन निर्मम कुटिएपछि
तिमी लुटिएपछी
तिम्रो पोस्ट्मार्टम गर्न बाहेक ।

ए सुन्दर फूल !
मान्छेका जस्ता अनुहारदेखी होशियार !
घाम पानी,खडेरी,
आँधी हुरी, तुषारो, असिना त केही हैन
मान्छे रुपी जनावारदेखी खबरदार
जसले तिमिलाई
एकै छाक पार्न सक्छ ।

ए सुन्दर फूल !
तिमी फुलिरहेको क्षण
तिमीलाई मन पराउने धेरै हुन्छन
जसमा मान्छे,भवरा, मौरी, पुतली हुन
तिमी उसलाई रोज
जोसित तिम्रो सुखी जीवन बित्ला
अनि जसले
तिमिलाई घाम,पानी, आँधीहुरी
तुषारोसित बचाएर
माया गरी राख्ला ।

उर्लाबारी-4/253, मोरङ हाल: मलाया

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा –पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद...

ताप्लेजुङका थापासहित तीनजनालाई साहित्यिक पुरस्कार

चन्द्र मादेन आन्छन काठमाण्डौं । पौष १३ शनिवार, स्थानीय पेप्सीकोला टाउनप्लानिङस्थित ग्लोबल पब्लिक स्कुलको...

‘स्कुलमा कविता’को दोस्रो संस्करण माघदेखि हुने

स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३, सुनसरीले आयोजना गर्दैआएको ‘स्कुलमा कविता’ प्रतियोगितात्मक कार्यक्रमको दोस्रो संस्करण यही...

पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई

पहिचान पुरस्कार कोषले २०८०/२०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने...

लुङाको रजत वर्ष विशेषाङ्क विमोचनमा पत्रकार पुरस्कृत हुने

दमक । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता

सुनसरी, ६ असोज । स्वर्णिम साहित्य समाज, वराहक्षेत्र ३ नडाहाले शनिबार पाँचौ वार्षिक साधारणसभाको...