फूलहरुलाई बिन्ती.....! - Naya Online

फूलहरुलाई बिन्ती…..!

dilippदिलिप राई सगर


ए सुन्दर फूल !
मान्छेका जस्ता अनुहारदेखी होशियार !
घाम पानी,खडेरी,
आँधी हुरी, तुषारो, असिना त केही हैन
मान्छे रुपी जनावारदेखी सतर्क !
जसले तिमिलाई
एकै छाक पार्न सक्छ ।

मान्छेले
आफ्नो मर्जिमा चल्ने बनाए ईस्वर
आफ्नो इच्छा र स्वार्थको लागि
जन्माए देवी देवताहरु
अनि मन्दिरमा कैद गरी राखेर
गाएका हुन भजन
आफ्नो सुखभोग र भलोको लागि
शक्ति माग्दै बलि दिएर
निर्दोष पशुपंछीहरु
……
कति स्वार्थी मान्छे
देवताभन्दा ठूलो मान्छे !

ए सुन्दर फूल !
तिमिलाई मेरो बिन्ती छ
आफ्नो मालिकै भरोशा नगर
दिनदहाडै सतित्व लुट्ला
तिमी ढुक्कसंग नसुत
रमाएर बाँच्ने सपना टुट्ला
ऐनाको शिसा झै
तिम्रो भाग्य फुट्ला ।

तिमीभित्रको इन्द्रधनुषी सपना
अनि सुन्दर फूलको संसार
केही निमेषमै खाक हुन के बेर ?

तिम्रो सुरक्षा खातिर
आउने छैनन कुनै सरकार
आउने छैनन कुनै प्रहरी र जेल
अाउने छैनन कुनै साथ दिने अड्डाअदालत
धाउने छैनन कुनै वकिल र कानुन
आए पनि
तिमी निदाएपछि आउलान
एक छिन उंधो मुन्टो लाएर
आँखाभरी आँसु टिल्पिलाएर
चुक्चुकाउन सिवाय
सुंक्सुकाउने केही सामर्थ छैन ।

तिम्रो शीर चेट
अनि
तिम्रो योनी छेदन भएपछि
तिम्रो बचाउ गर्न
तिनीहरु आईपुगेर के सार्थक ?
तिम्रो तन निर्मम कुटिएपछि
तिमी लुटिएपछी
तिम्रो पोस्ट्मार्टम गर्न बाहेक ।

ए सुन्दर फूल !
मान्छेका जस्ता अनुहारदेखी होशियार !
घाम पानी,खडेरी,
आँधी हुरी, तुषारो, असिना त केही हैन
मान्छे रुपी जनावारदेखी खबरदार
जसले तिमिलाई
एकै छाक पार्न सक्छ ।

ए सुन्दर फूल !
तिमी फुलिरहेको क्षण
तिमीलाई मन पराउने धेरै हुन्छन
जसमा मान्छे,भवरा, मौरी, पुतली हुन
तिमी उसलाई रोज
जोसित तिम्रो सुखी जीवन बित्ला
अनि जसले
तिमिलाई घाम,पानी, आँधीहुरी
तुषारोसित बचाएर
माया गरी राख्ला ।

उर्लाबारी-4/253, मोरङ हाल: मलाया

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

युपारुङ

जानु काम्बाङ लिम्बु पथाङको फेरोमा युपारुङ बाँधेर जीवन साट्नभन्दा पहिले म धर्ती र तिमी...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

संस्मरण: मध्य असारको त्यो ‘वृहत हतुवागढी साहित्य उत्सव……’

प्रकाश दिप्साली राई कुनैबेला हतुवागढीमा बाक्लो साहित्यिक ठुलै उत्सव महोत्सवहरू हुने गथ्र्यो । देशकै...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...