क्यान्सरपीडित बालिकाद्वारा सहयोगको अपिल - Naya Online

क्यान्सरपीडित बालिकाद्वारा सहयोगको अपिल

बलेवा (बागलुङ), ८ असार । नौ बर्षको कलिलो उमेरमा ब्लड क्यान्सरवाट पीडित बनेकी जिल्लाको भकुण्डेकी एक बालिकाले सहयोगको अपिल गरेकी छिन् । ब्लड क्यान्सरबाट पीडित बनेकी भकुण्डे–५ की नौ वर्षीया बालिका मनिषा बोहोराले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेकी हुन् ।

आर्थिक अवस्था कमजोर भएका बोहोराको परिवारले मनिषाको ज्यान बचाउन सक्दो सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् । गत २०७२ साल चैत महिनामा उनलाई क्यान्सर भएको थाहा पाएपछि कान्ति बाल अस्पताल, काठमाडाँैमा उपचारका लागि राखिएको परिवार सं्रोतले बताएको छ । उपचारका क्रममा आफूसँग भएको रकम सकिएकाले अहिले उपचारका लागि समस्या भएको क्यान्सरपीडित बोहोराकी आमा माया किसानले बताउनुभयो ।

न्यून आर्थिक अवस्थाका कारण रोजगारीका लागि साउदी पुग्नुभएका मनिषाका बाबु खिमबहादुर किसान पनि छोरी बिरामी भएपछि स्वदेश फर्किनुभएको छ । मनिषाको उपचारका लागि अहिले दैनिक न्यूनतम रु पाँच हजारदेखि रु ६ हजारसम्म खर्च हुने गरेको छ । मनिषाको उपचारका लागि अझै तीन वर्षसम्म अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएका छन् । बोहोराको उपचारका लागि मनिषा उपचार सहयोग समिति बनाएर मनिषा बचाउ अभियान चलाइएको छ ।

गाउँ नजिकै रहेको चौतारेडाँडा माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत मनिषा गत चैत महिनामा लगातार बिरामी भएपछि उपचारका क्रममा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । पीडित बालिकाले आफूलाई बचाउन सबैलाई अग्रह गरेकी छिन् । “मलाई बाँच्ने मन छ, धेरै पढ्ने मन छ, मनाई बचाउनूस्”, मनिषाले भनिन् ।

सहयोगका लागि हिमालयन बैंक बागलुङको खाता नम्बर ०२९०६२११५८००१८ मा सहयोग रकम जम्मा गरिदिन परिवारले अनुरोध गरेको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...