तमलोपाको महाधिवेशन: संशोधित विधान प्रस्ताव पारित - Naya Online

तमलोपाको महाधिवेशन: संशोधित विधान प्रस्ताव पारित

Tamalopa

पुरुषोत्तम सुवेदी/ विद्रोही गिरी

नवलपरासी, ८ असार । नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा ल्याइएको पार्टीको संशोधित विधान पारित भएको छ । यसबाट अब नयाँ नेतृत्वका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । आज दिउँसोदेखि नयाँ नेतृत्वको प्रक्रिया सुरु हँुदैछ ।

यता बन्दसत्रमा ल्याइएको पार्टीको नीति तथा कार्यक्रम र राजनीतिक दस्तावेजमाथि प्रतिनिधिले आ–आफ्ना भनाइ राख्ने क्रम मङ्गलबार नसकिएकाले आज बिहान पनि प्रतिनिधिले यसप्रति आफ्नो सुझाव र भनाइ राख्दैछन् । महाधिवेशनको बन्दसत्र सदरमुकाम परासीस्थित आदर्श उच्च माविको प्राङ्गणमा जारी छ ।

बन्दसत्रमा ल्याइएको राजनीतिक दस्तावेजमा मधेसको माग पूरा गर्न आन्दोलन एक मात्र विकल्प रहेको उल्लेख छ । पार्टीका केन्द्रीय सदस्य विकेशकुमार मिश्राले भन्नुभयो, “दस्तावेजमा तराईमा दुई प्रदेश साथै मधेसमा देखिएको समस्या संविधान संशोधनमार्फत शीर्ष तीन दलले जिम्मेवारी लिएर समाधान गर्नुपर्नेछ, दस्तावेजमा उल्लेख गरिएको छ । महाधिवेशनमा पार्टीको संशोधित विधानमा तराईमा दुई प्रदेशसहितको सात प्रदेश पार्टीको विधानमा उल्लेख गरी राजनीतिक दस्तावेज पारित गरिँदैछ ।

बन्दसत्रमा यसबाहेक पार्टीको विधान संशोधन, पार्टीको नयाँ मधेस आन्दोलनको समीक्षा र भावी योजनाका साथै पार्टीको सङ्गठनात्मक संरचना विषयमा छलफल भएको आयोजक जिल्ला नवलपरासी तमलोपाका उपाध्यक्ष पुरन चौधरीले बताउनुभयो ।

पार्टीको विधान र राजनीतिक दस्तावेज र पारित भएपछि आज दिउँसोदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी स्रोतले जनाएको छ । यस पटक एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव ३, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ गरी ३३ सदस्यीय कमिटिको निर्वाचन हुनेछ भने १६ वटा आरक्षण सदस्यको समेत निर्वाचन हुँदैछ ।

यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोतले जनाएको छ । यस पटक निर्वाचित र मनोनीत गरी ७५ सदस्यीय केन्द्रीय कार्य समिति चयन हुँदैछ ।

महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन् । विशेषगरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोका रुपमा हेरिएको छ । महाधिवेशनका कारण जिल्लामा शान्तिसुरक्षासमेत कडा बनाइएको छ । महाधिवेशन आज साँझ नयाँ नेतृत्व चयन गर्दै सकिनेछ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...