देवेन्द्र सुर्केली
सेक्युरिटी गार्डको लागि भूतपूर्व सैनिक या प्रहरीको माग ज्यादा हुन्छ । आजकल सिभिल सेक्युरिटीले गार्डको आवश्यकता पूरा त गरिदिइरहेका नै छन् । तर रोजगारदाताले सकेसम्म भूपू नै खोज्ने भएकोले सिभिलहरूले नक्कली प्रमाणपत्र बनाएर त्यहाँ जागीर खाइरहेका हुन्छन् । नक्कली प्रमाणपत्र बनाउने हेलचेक्र्याईले गर्दा रोजगारमा पुगेका केहीले नराम्ररी क्षति व्यहोरेका पनि छन् । जस्तो एक जना २३ वर्षीय युवाले आफ्नो सेनाकालको तस्वीर भनेर पेश गरेकोमा जर्नेलको फुली परेछ । रोजगारदाताले फोटो हेरेर चाल पायो र तुरुन्त फर्कायो । कति खर्च गरेर त्यहाँ पुगेको युवाको भविष्य नै अन्धकार बन्यो ।
सिभिल नै भए पनि भूतपूर्व प्रहरी या सैनिकभन्दा राम्रो गर्ने नेपालीहरू पनि छन् । उनीहरूले राम्रो कमाई गर्नुका साथै घरगृहस्थी सुखमय पनि बनाएका छन् । यसरी सिभिल सेक्युरिटीमै राम्रो कमाई गर्नेमध्येका एक हुन् –सञ्जय राई । नेपाली साहित्यलाई पनि नजिकबाट बुझ्न खोज्ने सञ्जयले आफ्नो नामको पछाडि जोडेका छन्– छुच्चा । जसले लामो समय मलेसियामा सेक्युरिटी जीवन बिताएका छन् । अहिले कतारमा उही काममै छन् ।
उनी भारतीय गोर्खा फौजका दुर्गाप्रसाद राई र देहरादुनकी नेपाली मुलकी देविमाया राईको कोखबाट २०३६ मा जन्मिएका हुन् सञ्जले । गोर्खा भर्ति भएपछि बुबा दुर्गाप्रसादको पोष्टिङ देहरादुनमा भयो । त्यहीकै राई परिवारकी देविमायासँग प्रेम भयो र १४ वर्षकी देविमायालाई भगाए । बुबाले आमा भगाएर भोजपुर पु¥याएपछि कहिल्यै इण्डिया लान सकेनन् । कारण मावलीले छुट्याउनसक्नु हो । नेपालमै सञ्जयलगायतका अन्य पाँच परिवारको जायजन्म भयो । सञ्जय अहिलेसम्म मावलीको विमुख छन् ।
बुबाले सञ्जयलाई ब्रिटिस आर्मी बनाउन चाहन्थे । कक्षा आठ पढ्दापढ्दै आर्मीको लागि कठोर तालिम लिए । कठोर तालिमको कारण राम्ररी अध्ययन गर्न सकेनन् । अनि लाहुर भर्ति पनि हुन सकेनन् । गल्लावाललाई त बुबाले घरमै राखेका थिए । जसले घोपासम्म सञ्जय सजिलै पुग्न सके, तर त्यहाँबाट अगाडि बढ्न सकेनन् ।
परिवार घरान झ¥यो । तर सञ्जय बरालिएर काठमाठौं हान्निए । काठमाडौंको दुःखपीडासँग जुझे । पढाईलाई अगाडि बढाउन नसकेको एउटा पीडा, भर्ति हुन नसकेको अर्को पीडालाई त्यही दुःखमा झोस्न खोजे । त्यही झोसाईमा उनीबाट साहित्यका छिटाहरू निस्कन थाले । साहित्यको दुःखपीडाको साथी मात्र हो, यसले पाल्दैन । पहिलो ज्यानलाई पाल्नुपर्छ अनिमात्र आफूमा उब्जिएका चिजबिजलाई पालिन्छ भन्ने सोचे अनि चक्कर लगाउन थाले वैदेशिक यात्रातिर ।
एउटा सिभिल व्यक्तिले परेड खेलाएको मन परेन –परेड खेलेरै अवकास भएकाहरूलाई । उनीहरूले सञ्जयलाई रिपोर्ट गरेर नेपाल फर्काउनेसम्मै योजना गरे । सञ्जयले पनि त्यो योजना थाहा पाए र सबैलाई भेला गरेर भने –“हामी सबै काम गर्न यहाँ आएका छौं, कमाउन आएका छौ । अब यहाँ पनि पहिले आफ्नो जीवनकालकै हक खोजियो पछि जाने ठाउँ त नेपाल नै होला ।”
उनले त पहिले जापान जाने भनेर निकै प्रयास गरे । भाषा सिके तर त्यसको प्रतिफल पनि राम्रो आउन सकेन । राम्रो देशमा पुग्न नसके कम आम्दानी हुने देशहरूमा जाँदा नेपालीको लागि उपयुक्त स्थान भनेको सेक्युरिटी गार्ड हो भन्ने कसैले सुझाए । र, लागे प्रहरी र सैनिक तालिमको लागि । उनले तालिम यति लिए कि, मान्यताप्राप्त प्रमाणपत्रहरू हात पारे । रहरैरहरमा उनको पासपोर्ट पेसियो मलेसियाको सेक्युरिटी कम्पनीमा ।
ज्यान मोटो भएपनि बानीव्याहोरा फरस्याइलो छ उनको । बोलिरहने, बोलाइरहने । तसर्थ कम्पनीको ‘मार्क’मा उनी परे । र, सेक्युरिटीभित्रको पनि कमाण्डर उनी बने । उनले तालिम त लिएका थिए तर दिएका थिएनन् । मलेसियामा बिहानबिहान तालिम दिनुपर्ने भयो । उनले केही पाका र तालिम दिन जान्नेलाई खुसुक्क अराए र आराम गरे । केहीदिन पछि आफूसँगै केही साच्चिकै सेना र प्रहरीबाट अवकासप्राप्त रहेका र सञ्जय सिभिल रहेको थाहा पाए ।
एउटा सिभिल व्यक्तिले परेड खेलाएको मन परेन –परेड खेलेरै अवकास भएकाहरूलाई । उनीहरूले सञ्जयलाई रिपोर्ट गरेर नेपाल फर्काउनेसम्मै योजना गरे । सञ्जयले पनि त्यो योजना थाहा पाए र सबैलाई भेला गरेर भने –“हामी सबै काम गर्न यहाँ आएका छौं, कमाउन आएका छौ । अब यहाँ पनि पहिले आफ्नो जीवनकालकै हक खोजियो पछि जाने ठाउँ त नेपाल नै होला ।”
सञ्जयको रवाफिलो आक्रोसबाट साथीहरू चुप भए । कसैले पनि उनीविरुद्ध रिपोर्ट गरेनन् । “कहिले काँही हाँकफाँकले पनि काम चलाउनुपर्दोरहेछ” सञ्जय मुसुमुसु हाँस्दै भन्छन् । सोझो भएर, डराएर काम छैन, त्यसभन्दा पनि परदेशमा साथीभाईबीच मिलेर बस्नसके सबैको हित हुन्छ, उनको कथन थियो ।
मलेसियामा उनको कमाई एकदमै राम्रो थियो । कहिलेकाँही एक हप्ता काममा नजाँदा पनि ठीकै थियो । कम्पनीसँगको वैठकमा सेक्युरिटीको तर्फबाट उनैलै प्रतिनिधित्व गर्थे । मुसुलमानहरूको आफ्नो धर्ममा कट्टरपना र अरुको धर्मलाई सम्मान गरेको पनि त्यहीबेला बुझेछन् सञ्जयले । वैठक शुरु भएपछि सञ्चालकले भन्थे रे –यहाँ उपस्थित सम्पूर्णलाई आसमालेकुम र सञ्जयको लागि सुभप्रभात ।
उनी त साहित्यिक मनका, त्यस्ता ससाना कुरालाई मनन गरेर राख्ने बानी थियो । पछिल्लो समयमा मलेसियामा प्रकाशित हुने नेपाली पत्रपत्रिकामा रचना पठाउनु, पत्रिकालाई सहयोग गर्नु उनको दिनचर्या हुनथाल्यो । साहित्यिक रचनाको अन्त्यमा हुने मोवाइल नम्बरबाट एकअर्कामा परिचित हुने कार्य पनि भइरहेको थियो । यसरी फोनवार्ताको क्रममा भेटवार्ता पनि हुने क्रम अगाडि बढ्यो । साहित्यिक मनहरूको भेट नै भएपछि संस्थागत किन नहुने भनेर छलफल भयो र जन्मियो –प्रवासी नेपाली साहित्यक मञ्च मलेसिया ।
सञ्जय त्यसको कोषाध्यक्ष चुनिए । मञ्चले विम्ब साहित्यिक संगालो प्रकाशन ग¥यो । पछि मञ्च अन्तर्राष्ट्रिय साहित्कि समाजमा परिणत भयो । त्यसबाट संयुक्त गजल सङ्ग्रह, अनेसास स्मारिका प्रकाशित भए । कोषाध्यक्षका हैसियतले उनी भन्थे –साथीहरू आफ्नो भागमा परेको पैसा खुरुक्क मलाई ल्याएर दिनुस्, भेजो उठाउँदै म तपाईहरूकहाँ आउन सक्दिनँ ।
फरस्याइला सञ्जयलाई अन्य संस्थाले पनि छोडेनन्, रोजगार पीडित सरोकार मञ्चले अध्यक्ष बनायो । किरात राई यायोक्खाले कोषाध्यक्ष र पछि अध्यक्ष बनायो । साथीभाई भेटघाट, साहित्यिक चिन्तन र संघसंस्थाको कामले गर्दा जति कमायो, उती गुमायोजस्तो भयो ।
झण्डै चारवर्षको बसाइँमा उनले नेपाल फर्केर विवाह गरे रमिला राईसँग । विवाहपश्चात उनी केही फरक बने । पुनः मलेसिया १ वर्ष बसेर नेपाल फर्केपछि अर्को देश जानको लागि तम्सिए । तर भनेको जस्तो भएन । ख्यालख्यालमै पेसेको थिए कतारस्थित होटल स्टार होटलमा । यसपटक नसोचेको भयो, पेसेको १५ दिनमै उड्नुपर्ने भयो । त्यसपछि हालसम्मको ६ वर्ष उनी कतारमै रहँदै आएका छन् ।
काम उही सिभिल सेक्युरिटीको हो । उनी त्यहाँ पनि इन्चार्ज छन् । नेपालीमात्र नभएर घाना, केन्या, फिलिपिनी, पाकिस्तानी, भारतीयलगायत काम बाँडफाँड गर्ने, रिपोर्ट लिने हो ।
“नेपालीमात्र भए बुझिने भाषामा सम्झाउन सकिन्थ्यो । तर विविध भाषीलाई बुझाउन कम गाह्रो छैन !” सञ्जय भन्छन् –“कहिलेकाँही त आफू तलै डिउटी मात्रै गरौजस्तो लाग्छ तर शुरुमै अगाडि बढिहालियो । अब कम्पनीले पत्याएपछि गर्दिन भन्ने हुँदैन ।”
“अब धेरै नबस्ने ।” उनी फर्कने दिन गन्दै बसिरहेका छन् । भर्खरै दुईवर्षको लागि भिषा थपिएको छ त्यसपछि भने नेपालमै बस्ने । म यहाँ बसेँ भने छोरी युङ्मा राईको माया पाइरहन्छु र उनले मेरो माया ।”
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।