आर्मीका सुरेन्द्रलाई भारोत्तोलन स्वर्ण - Naya Online

आर्मीका सुरेन्द्रलाई भारोत्तोलन स्वर्ण

काठमाडौँ,७ असार । नेपाल आर्मीका सुरेन्द्र श्रेष्ठले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको पुरुष ७७ केजीको सिनियरतर्फ स्वर्ण जितेका छन् ।

surendraसातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आज भएको प्रतियोगितामा उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २०७ केजी वजन उचाले । सोही तौल समूहको जुनियरतर्फ स्न्याचमा ७२ र क्लिन एन्ड जर्कमा ९८ गरी १७० केजी वजन उठाएका कञ्चनपुरका विशाल विष्ट पहिलो भए ।

ओलम्पिक डेको अवसरमा स्पोर्ट्स फर अल कमिसन तथा नेपाल भारोत्तोलन सङ्घद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ८५ केजीमा जम्मा २०५ केजी भार वहन गरेका नेपाल पुलिस क्लबका गगन चन्दले स्वर्ण जिते । गगनले स्न्याचमा ९० केजी र क्लिन एन्ड जर्कमा ११५ केजी वजन उचाले । प्रहरीकै श्रीकृष्ण महर्जन दोस्रो र काठमाडौँका दिनेश कार्की तेस्रो भए । त्यस्तै ९४ केजीमा आर्मीका दिनेश श्रेष्ठले स्न्याचमा ११० र क्लिन एन्ड जर्कमा १४२ गरी जम्मा २५२ केजी वजन उठाउदै पहिलो स्थान हात पारे । सो स्पर्धाको जुनियरमा सागर भण्डारी शीर्ष स्थानमा रहे । उनले स्न्याचमा ७७ र क्लिन एन्ड जर्कमा ८५ गरी जम्मा १६२ केजी भार वहन गरे ।

प्रतियोगिताअन्तर्गत पुरुष १०५ केजीमा आर्मीका गगनसिंह ओली पहिलो भए । उनले स्न्याचमा १०५ र क्लिन एन्ड जर्कमा १३२ गरी कूल २३७ केजी भार उठाए । त्यसैगरी, पुरुष १०५ केजीमा आर्मीका पुकार गुरुङले स्न्याचमा ११५ र क्लिन एन्ड जर्कमा १३५ गरी कूल २५० केजी भार वहन गर्दै स्वर्ण हात पारे । उक्त स्पर्धाको जुनियरमा पुलिसका सन्दीप गुरुङ पहिलो बने । उनले स्न्याचमा ८७ र क्लिन एन्ड जर्कमा ११० गरी जम्मा १९७ केजी वजन उचाले ।

महिलाको ६३ केजीमा सप्तरीकी शान्ति चौधरीले पहिलो स्थान हात पारिन् । उनले स्न्याचमा ५५ र क्लिन एन्ड जर्कमा ७२ गरी जम्मा १२७ केजी वजन उठाइन् । ६९ केजीमा आर्मीकी मनिता श्रेष्ठले स्वर्ण चुमिन् । मनिताले स्न्याचमा ५६ र क्लिन एन्ड जर्कमा ७५ गरी जम्मा १३१ केजी भार उचालिन् । त्यस्तै ७५ केजीमा प्रहरीकी लक्ष्मी वनले स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७० सहित कूल १२८ केजी भार उठाउदै शीर्ष स्थानमा रहिन् । त्यसैगरी ७५ केजीमाथि १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता तारादेवी पुन पहिलो भइन् । पुलिसकी ताराले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ९० गरी जम्मा १५० केजी भार उठाइन् । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...