देशभर वर्षा, आन्तरिक तथा वाह्य उडानमा भने समस्या छैन - Naya Online

देशभर वर्षा, आन्तरिक तथा वाह्य उडानमा भने समस्या छैन

काठमाडौं । देशभर उचित वर्षाभइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।
हिजोदेखि देशको पूर्वी भाग लगायत सबैतिर वर्षाभइरहेको विभागले जनाएको हो । विभागअन्तर्गत मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार अविरल वर्षा भइरहे पनि आन्तरिक र बाह्य हवाई उडानमा भने कुनै समस्या नभएको बताइएको छ । तुवाँलो र कालो बादल आकाशमा नदेखिएकाले उडानमा कुनै समस्या नरहेको शाखाले जनाएको छ ।

धरानमै देशभरकै उच्च वर्षा, इटहरीमा बाढीले एकको मृत्यु
हिजो धरानमा देशभरकै उच्च वर्षा भएको पनि शाखाले जनाएको छ । धरानमा हिजो १०९ मिलिलिटर वर्षा भएको थियो । हिजोको वर्षाका कारण पूर्वका झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थान जलमग्न भएका थिए । नदी, खोलाहरूमा पानीको वहाव बढेर बाढी पसेका कारण विभिन्न गाउँवस्ती डुबानमा परेका थिए ।
बाढीले इटहरी ४ का ६६ वर्षीय रामबहादुर बराइलीको मृत्यु भएको थियो । त्यस्तै, अत्याधिक वर्षापछि सप्तकोशी नदीमा पानीको वहाव बढेको बताइएको थियो । मंगलबार साँझ कोशी व्यारेजमा एक लाख ४० हजार ७० क्यसेक पानी मापन गरिएको थियो भने ५६ ढोकामध्ये ४१ वटा ढोका खोलेर पानीलाई निकास दिइएको थियो । आज पनि पूर्वीभेग लगायत देशैभर वर्षा भइरहेको बताइएको छ । मनसुन सुरु भएकाले तत्कालै वर्षा रोकिने सम्भावना नरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...