जितेन्द्रको परिवारद्वारा शव घरमै ल्याइदिन आग्रह - Naya Online

जितेन्द्रको परिवारद्वारा शव घरमै ल्याइदिन आग्रह

बुटवल, ८ असार । अफगानिस्तानको काबुलमा आतङ्ककारीको आत्मघाती आक्रमणमा परी मारिएका मध्येका रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३, देविनगरका ४३ बर्षीय जितेन्द्रसिंह थापाको परिवारजनले जसरी पनि शव घरमै ल्याइदिन आग्रह गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारीको आक्रमणमा त्यहाँ सुरक्षागार्डमा कार्यरत १२ जना नेपालीको असार ६ गते बिहान निधन भएको थियो । तीमध्ये एकजना रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ देवीनगरका हुनुहुन्छ । दुई छोराको साथमा रहेकी उहाँकी पत्नी ३९ वर्षीया गौमतीले घरमा पुगेका अधिकारकर्मी र पत्रकारसित शव घरमै ल्याइदिने व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

उहाँका १९ र १८ वर्षका दुई छोरा यहीँ छन् । घटना हुनुको अघिल्लो दिन छोराहरुसित मृतक जितेन्द्रको कुरा भएको थियो । त्यतिबेला उहाँले काम राम्रै भएको र आउँदो अक्टोबरमा घर आउन सक्ने बताएको कान्छा छोरा बिमलले बताउनुभयो । विमल कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ भने उहाँका दाजु मनिष कक्षा १२ को पढाइसँगै बुटवल टेक्निकल इन्स्टिच्यूटमा प्राविधिक तालिम लिइरहनुभएको छ ।

जितेन्द्र भारतीय सेनाबाट झन्डै ८ वर्षअघि सेवानिवृत्त हुनुभएको थियो । यसअघि पनि तीन पटकसम्म अफगानिस्तान जाने आउने गरेका उहाँ पछिल्लो पटक गत फागुनमा मात्रै त्यहाँ पुगेको परिवारले जनाएको छ । त्यसअघि इराकमा पनि उहाँ ३ महिना जति बसेको पत्नी गौमतीले बताउनुभयो ।

पाल्पाको छेर्लुङ्गबाट रुपन्देहीको करहियास्थित भलबारीमा आएको उहाँको परिवार अहिले बुटवलको देविनगरमा छ । २०५० सालमा विवाह गरेका जितेन्द्रले दुई वर्षपहिले सविता लामासँग दोस्रो विवाह गरेपछि जेठी श्रीमती गौमतीसँगको सम्बन्ध टाढिएको थियो । अहिले पनि गौतमी दुई छोरासँग बुटवलको घरमा बस्दै आएको तर सबिता भने काठमाडाँैमा कहाँ बस्छिन् आफूलाई थाहा नभएको गौमती बताउनुहुन्छ ।

जितेन्द्र काबुल कसरी गए भन्ने पनि गौमती र छोराहरुलाई थाहा छैन । “विवाह गरेर काठमाडाँैमा बसेको थाहा छ तर हाम्रो देखभेट भएको छैन । उता पनि तीन महिना पहिले बच्चा जन्मिएको छ भन्ने सुनेको छु”, गौमतीले भन्नुभयो ।

विगतका घटना जेजस्तो भए पनि जितेन्द्रको शव नेपालमै ल्याएर अन्तिम संस्कार गर्ने गौमतीको चाहना रहेको छ । विदेशी भूमिमा ज्यान गुमाए पनि शवलाई नेपाल ल्याउने व्यवस्था मिलाउन परिवारले सरकारलाई आग्रह गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...