जितेन्द्रको परिवारद्वारा शव घरमै ल्याइदिन आग्रह - Naya Online

जितेन्द्रको परिवारद्वारा शव घरमै ल्याइदिन आग्रह

बुटवल, ८ असार । अफगानिस्तानको काबुलमा आतङ्ककारीको आत्मघाती आक्रमणमा परी मारिएका मध्येका रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३, देविनगरका ४३ बर्षीय जितेन्द्रसिंह थापाको परिवारजनले जसरी पनि शव घरमै ल्याइदिन आग्रह गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारीको आक्रमणमा त्यहाँ सुरक्षागार्डमा कार्यरत १२ जना नेपालीको असार ६ गते बिहान निधन भएको थियो । तीमध्ये एकजना रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ देवीनगरका हुनुहुन्छ । दुई छोराको साथमा रहेकी उहाँकी पत्नी ३९ वर्षीया गौमतीले घरमा पुगेका अधिकारकर्मी र पत्रकारसित शव घरमै ल्याइदिने व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

उहाँका १९ र १८ वर्षका दुई छोरा यहीँ छन् । घटना हुनुको अघिल्लो दिन छोराहरुसित मृतक जितेन्द्रको कुरा भएको थियो । त्यतिबेला उहाँले काम राम्रै भएको र आउँदो अक्टोबरमा घर आउन सक्ने बताएको कान्छा छोरा बिमलले बताउनुभयो । विमल कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ भने उहाँका दाजु मनिष कक्षा १२ को पढाइसँगै बुटवल टेक्निकल इन्स्टिच्यूटमा प्राविधिक तालिम लिइरहनुभएको छ ।

जितेन्द्र भारतीय सेनाबाट झन्डै ८ वर्षअघि सेवानिवृत्त हुनुभएको थियो । यसअघि पनि तीन पटकसम्म अफगानिस्तान जाने आउने गरेका उहाँ पछिल्लो पटक गत फागुनमा मात्रै त्यहाँ पुगेको परिवारले जनाएको छ । त्यसअघि इराकमा पनि उहाँ ३ महिना जति बसेको पत्नी गौमतीले बताउनुभयो ।

पाल्पाको छेर्लुङ्गबाट रुपन्देहीको करहियास्थित भलबारीमा आएको उहाँको परिवार अहिले बुटवलको देविनगरमा छ । २०५० सालमा विवाह गरेका जितेन्द्रले दुई वर्षपहिले सविता लामासँग दोस्रो विवाह गरेपछि जेठी श्रीमती गौमतीसँगको सम्बन्ध टाढिएको थियो । अहिले पनि गौतमी दुई छोरासँग बुटवलको घरमा बस्दै आएको तर सबिता भने काठमाडाँैमा कहाँ बस्छिन् आफूलाई थाहा नभएको गौमती बताउनुहुन्छ ।

जितेन्द्र काबुल कसरी गए भन्ने पनि गौमती र छोराहरुलाई थाहा छैन । “विवाह गरेर काठमाडाँैमा बसेको थाहा छ तर हाम्रो देखभेट भएको छैन । उता पनि तीन महिना पहिले बच्चा जन्मिएको छ भन्ने सुनेको छु”, गौमतीले भन्नुभयो ।

विगतका घटना जेजस्तो भए पनि जितेन्द्रको शव नेपालमै ल्याएर अन्तिम संस्कार गर्ने गौमतीको चाहना रहेको छ । विदेशी भूमिमा ज्यान गुमाए पनि शवलाई नेपाल ल्याउने व्यवस्था मिलाउन परिवारले सरकारलाई आग्रह गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...