उत्तर कोरियाले पूर्वी तटीय समुद्रमा क्षेप्यास्त्र फाल्यो– मिडिया - Naya Online

उत्तर कोरियाले पूर्वी तटीय समुद्रमा क्षेप्यास्त्र फाल्यो– मिडिया

सोल, ७ असार । दक्षिण कोरियाको सरकारी समाचार समिति योनहापले उत्तर कोरियाले उसको समुद्रको पूर्वी तटीय क्षेत्रमा क्षेप्यास्त्र फालेको बताएको छ । मङ्गलबार बिहान मात्र सो मुसुदान नामक ब्यालेष्टिक क्षेप्यास्त्र उत्तर कोरियाले फालेको समाचारमा जनाइएको छ ।

अज्ञात रुपमा नै उत्तर कोरियाले सो मध्यमदुरीको क्षेप्यास्त्र उक्त क्षेत्रमा फालेको पाइएको र दक्षिण कोरियाली रक्षामन्त्रालयका रक्षा विज्ञहरुले पत्ता लगाएका दक्षिण कोरियाली उक्त समाचार समितिले जनाएको छ ।

मङ्गलबार बिहान साढे पाँच बजे उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वानसनबाट सो क्षेप्यास्त्र फालिएको जनाइएको छ । केही समयअघि पनि उसले यही क्षेत्रमा अर्काे क्षेप्यास्त्र परीक्षण गर्न लागेको र त्यो असफल भएको पाइएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको थियो ।

तर सो क्षेप्यास्त्र हान्ने विषयमा भने कुनै संकेत प्राप्त नभएको दग्क्षिण कोरियाली रक्षामन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयले भनेको छ– यस्तो परीक्षणका बारेमा हामीले कुनै सूचना पाएका छैनौँ तर परीक्षणको नै उसको तयारी भएकोमा भने आफूहरुले जसरी पनि पत्ता लगाउने रक्षामन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

सो तयारीको सूचना पनि सोलले प्राप्त गरेको जनाएको थियो । सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा उसले उक्त क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको पाइएको र यसको परीक्षणको कुनै सूचना प्राप्त नभएको बताएको छ ।

दुई कोरियाबीच पछिल्लो समयमा निकै नै चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले हालैमात्र अस्वीकार गरेको थियो ।

उत्तर कोरियाली नेताले आफ्नो पार्टीको बैठकको अवसरमा दुई महिनाअघि गर्नुभएको सम्बोधनका क्रममा उहाँले दक्षिण कोरियासँग वार्ता गरी सबै समस्याको टुंगो लगाउने बताउनुभएको थियो ।

उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको बदलाको भावनाको कारण सजिलै उत्तर कोरियामा परिवर्तन आउने अपेक्षा गर्न सकिँदैन भने यसले कोरियाली प्रायद्वीपमा शान्तिका लागि पनि कुनै योगदान गर्न सक्ने देखिँदैन ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नु उत्तर कोरियाको हठ स्वाभाव भईसकेको बताउने गरिएको छ ।

तर मङ्गलबार बिहान गरेको भनिएको सो क्षेप्यास्त्रको प्रयोगका बारेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । रासस/एएफपी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

म्यानमार सेनाद्धारा करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण, हजारौं मानिस गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा...

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार...

पोर्तुगल विकसित हुनुमा आप्रवासी कामदारको हातः मार्सेलो

केश तमू पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका...

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...

अमेरिकाले गर्‍यो इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण

काठमाडौ, १२ भदौ । अमेरिकी सेनाले अफगानिस्तानको नाङ्घहार प्रान्तमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई...