ब्रसेल्समा आतङ्कवादी हमलाको त्रासमा सुरक्षा सतर्कता - Naya Online

ब्रसेल्समा आतङ्कवादी हमलाको त्रासमा सुरक्षा सतर्कता

ब्रसेल्स, ७ असार । बेल्जियमको ब्रसेल्समा रहेको एक डिपार्टमेन्टल स्टोरमा बम राखिएको हल्लाले मङ्गलबार यहाँ त्रास फैलिएको छ । प्रहरीले मङ्गलबार बिहानैदेखि बम राखिएको भनिएको स्थानमा पुग्ने प्रयास जारी राखेको छ ।

मङ्गलबार उक्त स्टोरमा बम राखिएको हल्ला चलेको थियो । सो हल्लापछि निकै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

गत आइतबार मात्र पनि ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको थियो । प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवादीहरुलाई खोज्न अभियान नै सञ्चालन गरेको छ ।

ब्रसेल्स प्रहरीका अनुसार सोमबार राति पनि यस्ता सङ्कास्पद व्यक्ति भेटिएका थिए । ती व्यक्तिले राजधानी ब्रसेल्समा हमला गर्ने योजना बनाएको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाका आधारमा केहीलाई नियन्त्रणमा पनि लिएको जनाइएको छ ।

मङ्गलबार बम राखेको भनी हल्लागर्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा बम राख्ने व्यक्ति नै हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले उनीहरुलाई हिरासदमा लिइएको बताउँदै ती व्यक्तिले ब्रसेल्समा आक्रमणको योजना बनाएको खुलेको पनि जनाएको छ । गएका केही दिनयता ब्रसेल्समा यस्तो आक्रमणको हल्ला चलेको हो ।

फ्रान्सको राजधानी पेरिस र बेल्जियमको ब्रसेल्समा हमला गर्नेलाई १८ वर्षसम्मको जेल सजाय माग गरिएको केही दिनपछि यहाँ पुनःहमलाको तयारी गरिरहेका बुझिएको छ ।

फ्रान्स र बेल्जियममा केही महिना पहिला आक्रमणमा सम्लग्न रहेको आशङ्का गरिएका चार जनालाई यो कारबाही माग गरिएको समाचारमा जनाइएको छ ।

बेल्जियमका सरकारी वकिलहरुले त्यस हमलामा सम्बन्ध रहेको आरोपमा अनुसन्धान गरिएका चार जनालाई सो जेल सजायको माग गरेका हुन् ।

केही समयअघि फ्रान्सको राजधानी पेरिस र ब्रसेल्समा भएको हमलामा परी दर्जनौँ नागरिकको ज्यान गएको थियो । ती आक्रमणमा सम्लग्न रहेको आरोपमा चार जनालाई अनुसन्धान गरिएको छ ।

पेरिस र ब्रसेल्समा भएका आतङ्कवादी आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । तर त्यस हमलामा सम्लग्नताको आरोपमा प्रहरीले बिगत लामो समयदेखि नै यहाँ अनुसन्धान जारी राखेको जनाएको छ ।

मङ्गलबार पनि ब्रसेल्समा अर्काे आक्रमणको हल्ला गरिएको थियो । बिहानैदेखि सुरु भएको यस्तो हल्लाका कारण यहाँको जिवन निकै नै प्रभावित भएको बताइएको छ । रासस/एपी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

म्यानमार सेनाद्धारा करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण, हजारौं मानिस गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा...

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार...

पोर्तुगल विकसित हुनुमा आप्रवासी कामदारको हातः मार्सेलो

केश तमू पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका...

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...

अमेरिकाले गर्‍यो इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण

काठमाडौ, १२ भदौ । अमेरिकी सेनाले अफगानिस्तानको नाङ्घहार प्रान्तमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई...