नेपाल कोरिया न्युज डट कमद्वारा तेस्रो ब्याडमिन्टन प्रतियोगिता - Naya Online

नेपाल कोरिया न्युज डट कमद्वारा तेस्रो ब्याडमिन्टन प्रतियोगिता

दक्षिण कोरिया । नेपाल कोरिया न्युज डट कमद्वारा आयोजित तेस्रो ब्याडमिन्टन प्रतियोगिता सफल पूर्वक सम्पन्न भएको छ । दक्षिण कोरियामा रहेका ब्याडमिन्टन प्रेमी खेलाडीहरुको रुचिलाई ध्यानमा राखी नेपाल कोरिया न्युज डट कमले २०१४ देखि प्रत्येक बर्ष लगातार रुपमा यो प्रतियोगिता खेलाउंदै आईरहेको छ ।

IMG_6667 copyदक्षिण कोरियाको राजधानी सउल स्थित जुङगु स्पोर्टस् सेन्टरको कबर्ड हल भित्र खेलाइएको प्रतियोगितामा यस पटक मेन्स सिंगल तर्फ कुल १४ जनाको सहभागिता रह्यो भने मेन्स डबल तर्फ पनि १४ वटा टीमहरुको सहभागिता रहेको थियो । पहिलो र दोस्रो प्रतियोगितामा नक आउटको आधारमा खेलाईएको भएता पनि यस पटकको प्रतियोगितालाई अझ आकर्षक बनाउन लिग अन्तरगत खेलाईएको थियो ।
नेपाल कोरिया न्युज डट कमका संचालक पुरु जोशीको नेतृत्वमा खेलाईएको सो प्रतियोगितामा मेन्स सिंगल तर्फ निक्कै प्रतिष्पर्धात्मक रुपमा पोखरा कास्कीका रुप गुरुङले प्रथम उपाधी चुम्न सफल भए भने पाँचथरका नरेन्द्र नेम्वाङले दोस्रो स्थानमा चित्त बुझाएका थिए । प्रथम उपाधी हात पार्दै पोखरा कास्कीका रुप गुरुङले नगद ३ लाखका साथ ट्रफी र प्रमाण पत्र हासिल गरे भने दोस्रो हुनु भएका नरेन्द्र नेम्वाङले नगद १ लाख वन् का साथ प्रमाण पत्र हासिल गरेका थिए ।
यसैगरि मेन्स डबल तर्फको निक्कै प्रतिष्पर्धात्मक खेल दर्शन नमस्ते टीम र ईन्छन् डी बीच भएको थियो । दर्शन नमस्ते टीमको तर्फबाट बिपिन गुरुङ र रुप गुरुले सहभागिता जनाएका थिए भने ईन्छन डी को तर्फबाट तेज बहादुर आले र नरेन्द्र नेम्वाङले सहभागीता जनाएका थिए । दुबै टीमले एक एक सेट जितेपछि तेस्रो निर्णायक सेटमा दर्शन नमस्ते टीमले प्रथम उपाधी हासिल गर्न सफल भयो भने ईन्छन् डीले दोस्रो उपाधी मै चित्त बुझाउनु परेको थियो । प्रथम उपाधी हासिल गर्दै दर्शन नमस्ते टीमले नगद ५ लाख वन् का साथ ट्रफी र प्रमाण पत्र हासिल गरे भने दोस्रो भएका ईन्छन् डी टीमले नगद २ लाख वन् का साथ प्रमाण पत्र हासिल गरेका थिए ।
सम्पूर्ण बिजेता टोलीहरुलाई नेपाल कोरिया न्युजका संचालक पुरु जोशीले ट्रफी नगद र प्रमाण पत्र हस्तान्तरण गर्दै यस पटक जीत हासिल गर्न नसकेका खेलाडीहरुले अर्को बर्षमा प्रयास गर्न अनुरोध गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...

हिलिङ्टन गोर्खा नेपाली कम्युनिटीले मनायो समर बिबिक्यु

प्रीन्स याक्खा लण्डन, ४ जुलाई । हिलिङ्टन गोर्खा नेपाली कम्युनिटी युकेले हिलिङ्टनस्थीत कम्युनिटी हलमा...

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...