साउदका हत्यारा पक्राउ: सार्वजनिक गर्न बाँकी - Naya Online

साउदका हत्यारा पक्राउ: सार्वजनिक गर्न बाँकी

डोटी, ७ असार । मीना साउदको हत्यामा संलग्न रहेको आशङ्कामा पक्राउ परेका पचनाली गाविसस्थित हरिहर उमाविका शिक्षक लालबहादुर चन्दलाई पक्राउ गरिएको छ ।

उनीबाट एक एक थान पेस्तोल र रिभल्भर तथा चार गोली बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटी, क्षेत्रीय प्रहरी कार्यालय दिपायल, अञ्चल प्रहरी कार्यालय कैलाली र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त अनुसन्धानद्वारा सो हतियार बरामद गरिएको हो । करिब ११ दिनपछि प्रहरी छानबिनको अन्तिम तयारीमा रहेको छ ।

प्रहरीले शङ्काका भरमा पक्राउ गरी एक पटकका निम्ति छाडेको थियो । विशेष अनुसन्धान र सुराकीका भरमा शिक्षक चन्दका गतिविधिलाई प्रहरीले जाँच गरी पुनःअनुसन्धानका लागि पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै अनुसन्धान गर्दा शिक्षक चन्दले हत्या गरेको स्वीकार गरेका छन् ।

यसअघि अभियुक्त चन्द साउदकै घरमा डेरा गरी बसेको बुझिएको छ । विसंं २०५६ देखि अध्यापन गर्दै आएका शिक्षक चन्दले के कति कारणले हत्या गरेको हो भन्ने जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले राससलाई जानकारी दिएको छ ।

अभियुक्त चन्दबाट बरामद गरिएका हतियार समेत छानबिन भइरहेको छ । हत्यामा प्रयोग गरिएका पेस्तोल र रिभल्भरलाई हरिहर उमावि पछाडि वनमाराको झाडीमा प्रहरीले फेला पारेको थियो ।

बैतडी घर भएका चन्द पचनालीस्थित हरिहर उमाविमा अध्यापन गराउँदै आएका थिए । कक्षा १० सम्म साउदलाई पढाएका शिक्षक विद्यार्थीकै हत्यारा कसरी भए भन्नेबारे जिल्ला प्रहरी कार्यालयले आज अपराह्न ३ बजेतिर पत्रकार सम्मेलन गरी जानकारी दिइने प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बताउनुभयो ।

गत जेठ २८ गते पचनाली गाविस तलकोटमा आफ्नै घरको भान्सामा चाउचाउ पकाइरहेकी साउदलाई पछाडिबाट गोली प्रहार गरिएको थियो । कैलाली बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत साउद एक हप्ताको बसाइका निम्ति घरमा एक्ली भएकी आमालाई भेट्न आएकी थिइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...