प्राध्यापकबाटै क्याम्पसमा ताला - Naya Online

प्राध्यापकबाटै क्याम्पसमा ताला

सिन्धुली, ७ असार । सिन्धुली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

गत फागुन महिनादेखि नै तलब नपाएको भन्दै क्याम्पस प्रमुखको राजीनामा माग गर्दै उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।

क्याम्पस एकाइका अध्यक्ष टीकाबहादुर थापाले क्याम्पसमा शैक्षिक समस्या लामो समयदेखि रहेको, कर्मचारीको सञ्चय कोष, नागरिक लगानी कोषको रकम नआएको, प्राध्यापक तथा कर्मचारीले गत फागुन महिनादेखि नै तलब खान नपाएको लगायतका समस्या समाधान गर्न क्याम्पस प्रमुख उदासिन देखिएकले उहाँको कार्यकक्षमा अनिश्चित तालाबन्दी गरेको बताउनुभयो ।

प्राध्यापकले क्याम्पसको प्रशासन कक्षमा पनि तालाबन्दी गर्न खोजेको भएपनि विद्यार्थीले प्रशासन कक्षमा ताला लगाउँदा पठनपाठन रोकिएमा ताला फोडीदिने चेतावनी दिएपछि प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्र ताला लगाएका हुन् ।

पठनपाठन बन्द गर्नका लागि तालाबन्दी गरेको नभई समस्या समाधानका लागि क्याम्पस प्रमुख मीनप्रसाद घिमिरेको कार्यकक्षमा तालाबन्दी गरेको उहाँको भनाइ छ ।

प्राध्यापकले क्याम्पसको प्रशासन कक्षमा पनि तालाबन्दी गर्न खोजेको भएपनि विद्यार्थीले प्रशासन कक्षमा ताला लगाउँदा पठनपाठन रोकिएमा ताला फोडीदिने चेतावनी दिएपछि प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्र ताला लगाएका हुन् ।

क्याम्पस प्रमुख मीनप्रसाद घिमिरेले समस्या समाधानका लागि छलफल गर्न आफू तयार रहेको र सम्बन्धित निकायमा कुरा पु¥याई समस्याको समाधान गर्न लागि परेको बताउनुभयो । राजीनामा दिँदैमा समस्याको समाधान ननिस्कने र आफ्नो ठाउँमा भोलि अर्को व्यक्ति आए पनि उस्ले पनि केही गर्न नसक्ने उहाँको भनाइ छ ।

अहिले प्राध्यापक क्याम्पस सिध्याउने खेलमा लागेको स्थानीय अभिभावक तथा विद्यार्थी सङ्गठनले गुनासो गरेका छन् । क्याम्पसले क्युएए स्तरीयताको प्रमाणपत्र पाएकाले विद्यार्थीले दुई वर्षदेखि कुनै पनि विरोधका काम गरेका छैनन् ।

अहिले प्राध्यापकले तालाबन्दी गर्नु भनेको क्युएए भत्काउन र क्याम्पस सिध्याउने रणनीति रहेको विद्यार्थी सङ्गठनले बताएका छन् ।

क्याम्पसको आर्थिक समस्याका कारण विद्यार्थीले विगत तीन वर्षदेखि आफूले पाउनु पर्ने छात्रवृत्ति समेत नपाइरहेको अवस्था रहे पनि क्याम्पसका हितका लागि हालसम्म कुनै पनि विरोधका काम नगरेको विद्यार्थी सङ्गठनको भनाइ छ ।

प्राध्यापकले सोमबाार बिहान ७ बजेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा गरेको तालाबन्दीलाई खुलाउन अहिलेसम्म कुनै पनि पहल भएको छैन ।

अबको एक दुई दिनसम्म पनि प्राध्यापकले ताला नखोले विद्यार्थीले फोडी दिने बताएका छन् । क्याम्पसको समस्या समाधान क्याम्पस प्रमुखको राजीनामाले समाधान नहुने उनीहरुको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...