प्राध्यापकबाटै क्याम्पसमा ताला - Naya Online

प्राध्यापकबाटै क्याम्पसमा ताला

सिन्धुली, ७ असार । सिन्धुली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

गत फागुन महिनादेखि नै तलब नपाएको भन्दै क्याम्पस प्रमुखको राजीनामा माग गर्दै उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।

क्याम्पस एकाइका अध्यक्ष टीकाबहादुर थापाले क्याम्पसमा शैक्षिक समस्या लामो समयदेखि रहेको, कर्मचारीको सञ्चय कोष, नागरिक लगानी कोषको रकम नआएको, प्राध्यापक तथा कर्मचारीले गत फागुन महिनादेखि नै तलब खान नपाएको लगायतका समस्या समाधान गर्न क्याम्पस प्रमुख उदासिन देखिएकले उहाँको कार्यकक्षमा अनिश्चित तालाबन्दी गरेको बताउनुभयो ।

प्राध्यापकले क्याम्पसको प्रशासन कक्षमा पनि तालाबन्दी गर्न खोजेको भएपनि विद्यार्थीले प्रशासन कक्षमा ताला लगाउँदा पठनपाठन रोकिएमा ताला फोडीदिने चेतावनी दिएपछि प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्र ताला लगाएका हुन् ।

पठनपाठन बन्द गर्नका लागि तालाबन्दी गरेको नभई समस्या समाधानका लागि क्याम्पस प्रमुख मीनप्रसाद घिमिरेको कार्यकक्षमा तालाबन्दी गरेको उहाँको भनाइ छ ।

प्राध्यापकले क्याम्पसको प्रशासन कक्षमा पनि तालाबन्दी गर्न खोजेको भएपनि विद्यार्थीले प्रशासन कक्षमा ताला लगाउँदा पठनपाठन रोकिएमा ताला फोडीदिने चेतावनी दिएपछि प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्र ताला लगाएका हुन् ।

क्याम्पस प्रमुख मीनप्रसाद घिमिरेले समस्या समाधानका लागि छलफल गर्न आफू तयार रहेको र सम्बन्धित निकायमा कुरा पु¥याई समस्याको समाधान गर्न लागि परेको बताउनुभयो । राजीनामा दिँदैमा समस्याको समाधान ननिस्कने र आफ्नो ठाउँमा भोलि अर्को व्यक्ति आए पनि उस्ले पनि केही गर्न नसक्ने उहाँको भनाइ छ ।

अहिले प्राध्यापक क्याम्पस सिध्याउने खेलमा लागेको स्थानीय अभिभावक तथा विद्यार्थी सङ्गठनले गुनासो गरेका छन् । क्याम्पसले क्युएए स्तरीयताको प्रमाणपत्र पाएकाले विद्यार्थीले दुई वर्षदेखि कुनै पनि विरोधका काम गरेका छैनन् ।

अहिले प्राध्यापकले तालाबन्दी गर्नु भनेको क्युएए भत्काउन र क्याम्पस सिध्याउने रणनीति रहेको विद्यार्थी सङ्गठनले बताएका छन् ।

क्याम्पसको आर्थिक समस्याका कारण विद्यार्थीले विगत तीन वर्षदेखि आफूले पाउनु पर्ने छात्रवृत्ति समेत नपाइरहेको अवस्था रहे पनि क्याम्पसका हितका लागि हालसम्म कुनै पनि विरोधका काम नगरेको विद्यार्थी सङ्गठनको भनाइ छ ।

प्राध्यापकले सोमबाार बिहान ७ बजेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा गरेको तालाबन्दीलाई खुलाउन अहिलेसम्म कुनै पनि पहल भएको छैन ।

अबको एक दुई दिनसम्म पनि प्राध्यापकले ताला नखोले विद्यार्थीले फोडी दिने बताएका छन् । क्याम्पसको समस्या समाधान क्याम्पस प्रमुखको राजीनामाले समाधान नहुने उनीहरुको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...