क्यान्सर पिडित निर्मलालाई मलेसियामा रहेका युवाहरुकाे दाेस्राे सहयाेग - Naya Online

क्यान्सर पिडित निर्मलालाई मलेसियामा रहेका युवाहरुकाे दाेस्राे सहयाेग

बिपेन उलङगे


क्वालालम्पुर । मरु –२ रुकुमकी गरिब क्यान्सर पिडित ९ बर्षिया बालिका निर्मला ओलीको सहयोगार्थ “निर्मला बचाऔ फेसबुक अभियान” अन्तर्गत दोस्रो पटक सहयोग पठाईएको छ । मलेसियाको विभिन्न स्थानबाट समीर ओली, वीरसिंह बुढा, विकास विक र बसन्त बांठा मगरको सक्रियतामा उठेको सहयोग रकम रू –९४,०८७।– पहलकर्ता मखमली युवा क्लबका मरु–२ का सहसचिव रमेश ओलीको नाम पठाईएको छ ।
nirmala oliयसका साथै पहिलो चरणको सहयोग स्वरुप बिपेन उलङगे र दिबेश बांठाको सक्रियतामा उठेको रू. ५१,५००।– पनि रमेश ओलीको नाममा पठाईएको थियो ।
पीडितको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेकोले उनको उपचारको लागि गाउँमा ऋण खोज्दा पनि कसैले पत्याउने अबस्था छैन । “छोरि बाँच्नका लागि छट्पटी रहेकी छे तर हामीले केही गर्न सकिरहेका छनौं ।” आमा देउमा ओलीले भक्कानिएर भनिन् । “अहिले बिदेशबाट गाउका युवाहरुले सहयोग अभियान चलाएर सहयोग गर्ने भनेपछि केही आशा र हिम्मत जागेर आयो” निर्मलाको बाबू शसिराम ओलीले बताए ।
पहिलो पटक उनको उपचार नेपालगन्ज मेडिकल कलेजमा गराइएको थियो । त्यहाँ उपचार हुन नसक्ने भएपछि चितवनमा ‘रिफर’ गरियोको थियो । तर चितवनमा भर्ना गर्नु त के, घर फर्कने भाडासमेत नहुँदा त्यहाँका नर्सहरूले पैसा सङकलन गरेर घर पठाएका थिए ।
करिब चार महिना अघि उनको खुट्टामा क्यान्सर भएको थाहा भएको हो । अहिलेसम्म दुई लाख जति ऋण गरेर उपचार गरेपनि अझै उनलाई उपचार खर्च करिब ४÷५ लाख लाग्ने उनको बुबाले बताए । चितवन अस्ति नै लाने भनिएपनि आर्थिक अभावका कारण अझै लान नसकिएको र मलेसियाबाट बिपेन उलङगे, वसन्त मगरको फेसबुक अभियान अन्तर्गत समीर ओली, बिपेन उलङगे, बिरसिङ बुढा, वसन्त बांठा, विकास बिके, दिबेश बांठा लगायतको सक्रितामा उठेको रकम अहिलेसम्मको जम्मा रू. १ लाख ४५ हजार ५ सय ८७ रुपैयाँ हातलागी भइसकेको हुँदा अब छिट्टै चितवन वा काठमाडौं लगिने कुरा रमेश ओलीले जानकारी दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक मनाउँदै

क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ...

नर्वेमा नेपाली स्रष्टा पुरस्कृत

युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठीत पुरस्कारबाट पुरस्कृत भएका छन् । शरणार्थी...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...