‘कोमामा कोरस’ लोकार्पित - Naya Online

‘कोमामा कोरस’ लोकार्पित

komama corusकाठमाडौँ, ६ असार । लेखक तथा पूर्वविद्यार्थी नेता लेखनाथ न्यौपानेको नयाँ कृति ‘कोमामा कोरस’ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले यहाँ आज आयोजित समारोहमा लोकार्पण गर्नुभएको छ ।

रोल्पादेखि सिंहदरबारसम्मको राजनीतिक यात्रामा आधारित २४ लेख रहेको सो संस्मरणात्मक लेखसङ्ग्रहमा जनयुद्धदेखि पछिल्ला घटनामा देखापरेका सबल र दुर्बल पक्षबारे चर्चा गरिएको छ । अध्यक्ष दाहालले पुस्तकमा उल्लिखित कतिपय विषय आफँैमा केन्द्रित भएको छ भन्दै मुलुकको हितका लागि प्रारम्भ गरिएका परिवर्तनबारे ढिलै भए पनि नेपाली समाजले थाहा पाउनेछन् बताउनुभयो ।
उहाँले नयाँ शिराबाट अघि बढ्न गरिएका प्रयासलाई पुस्तकमा समेट्नुपर्नेमा जोड दिँदै साझा प्रकाशनलाई बचाउन एक पटकका लागि रु ४० करोड अनुदान दिन माग भएकामा केही व्यवस्था भए पनि पूर्ण नभएकाले आफूले पुनःपहल गर्ने वचन दिनुभयो ।
कृति प्रकाशक शमी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार प्रदीप नेपालले राष्ट्रिय पुँजीवादलाई बलियो बनाउने अभियानको नेतृत्व गर्न सबै कम्युनिस्ट एक हुनुपर्ने बताउँदै यसका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अग्रसर हुनुपर्ने सुझाव दिनुभयो ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझा प्रकाशन डुबेको नभई नियोजित रुपले डुबाइएकाले त्यसलाई माथि उकास्न ध्यान दिनुपर्ने बताउनुभयो । साहित्यकार आहुतिले राजनीतिक परिवर्तनका लागि गरिएको जनयुद्धको सबल पक्षको विश्लेषण नगरी उदाङ्गो बनाउने काम मात्र भएको अवस्थामा लेखक न्यौपानेको कृति भावी सर्जकका लागि आधारभूत खजाना हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले नेतृत्व वर्ग विगतको राजनीतिक दर्शनलाई बिर्सदै पथभ्रष्ट हुन थालेकाले लक्ष्यमा पुग्न नसक्ने कुरा पुस्तकमा लेखकले इङ्गित गर्न खोजेका छन् भन्दै यो आलोचनालाई नेतृत्व वर्गले सुझावका रुपमा लिन सक्नुपर्ने बताउनुभयो ।
लेखक न्यौपानेले आफ्नो नवाँै कृतिमा आफूमा रहेको साम्यवादीपन, सिद्धान्त र व्यवहारमा कम्युनिस्ट नेतामा आएको फरकपन, शान्ति सम्झौतापछि नेतामा आएको परिवर्तन, कार्यक्रमको अवस्था नबुझी नेताले बोल्दा खेप्नुपरेको आलोचना जस्ता विषयमा आफूले कलम चलाएको जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

युपारुङ

जानु काम्बाङ लिम्बु पथाङको फेरोमा युपारुङ बाँधेर जीवन साट्नभन्दा पहिले म धर्ती र तिमी...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

संस्मरण: मध्य असारको त्यो ‘वृहत हतुवागढी साहित्य उत्सव……’

प्रकाश दिप्साली राई कुनैबेला हतुवागढीमा बाक्लो साहित्यिक ठुलै उत्सव महोत्सवहरू हुने गथ्र्यो । देशकै...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...